बिहीबार , असोज १७ गते २०८१    
images
images

तनहुँमा एक वर्षमा ७७१ उद्योग दर्ता हुँदा २६२ उद्योग बन्द

images
बुधबार, साउन १६ २०८१
images
images
तनहुँमा एक वर्षमा ७७१ उद्योग दर्ता हुँदा २६२ उद्योग बन्द

आर्थिक वर्ष २०८०/८१ तनहुँमा एक हजार एक सय ३७ उद्योग नवीकरण भएका छन्।

images
images

तनहुँ- आर्थिक वर्ष २०८०/८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन्। पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएका हुन्। सोही आवमा एक हजार एक सय ३७ उद्योग नवीकरण भएका छन्।

images
images
images

उक्त कार्यालय प्रमुख दुर्गाराज सुवेदीका अनुसार सोही आवमा दुई सय ६२ उद्योग बन्द भएका छन्। त्यस अवधिमा वाणिज्यतर्फ आठ सय १७ नवीकरण र दुई सय ७० फार्म बन्द भएका हुन्।

आव २०७९/८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए। सो आवमा ५१ लाख २१ हजार आठ सय राजस्व संकलन भएको छ। आव २०७९/८० मा ६६ लाख चार हजार एक सय ६५ रूपैयाँ राजस्व संकलन भएको थियो। रासस

images


प्रकाशित : बुधबार, साउन १६ २०८११०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend