शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

भोजपुरमा बाढीले ईखुवा जलविद्युत आयोजनाका दुई मजदूर बेपत्ता, निर्माण सामग्री पनि बगायो

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन १६ २०८१
images
भोजपुरमा बाढीले ईखुवा जलविद्युत आयोजनाका दुई मजदूर बेपत्ता, निर्माण सामग्री पनि बगायो

आरती पावर कम्पनीद्वारा ईर्खुवा खाेलामा निर्माणकार्य भैरहेको १४.५ मेगावाट क्षमताको अपर ईर्खुवा खाेला जलविद्युत् आयोजनामा पनि बाढीले ठूलो क्षति गरेको छ।

images
images

काठमाडौं- अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन्। भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदूरलाई बाढीले बगाएको थियो।

images
images
images

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गएरातिको बाढीले जलविद्युत् आयोजनाका दुईजना कामदार हराएका हुन्।

images
images

बर्दियाको बाराबर्दिया गाउँपालिका-३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू बेपत्ता भएका हुन्।

images
images

बाढीमा परेका २६ वर्षीय राम किसन थारूको उद्धार गरिएको छ। सामान्य घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ। बेपत्ता भएकाको खोजी जारी छ।

प्रहरी चौकी चौकीडाँडाबाट करिब तीन किलोमिटर पश्चिममा घटनास्थलमा इलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको कमाण्डमा चारजनाको टोली र सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्प चौकीडाँडाबाट प्रयोजन घिमिरेको कमाण्डमा सातजनाको टोली खोजीको लागि खटिएको छ।

badi bhojpur.jpg

आरती पावर कम्पनीद्वारा ईर्खुवा खाेलामा निर्माणकार्य भैरहेको १४.५ मेगावाट क्षमताको अपर ईर्खुवा खाेला जलविद्युत् आयोजनामा पनि बाढीले ठूलो क्षति गरेको छ। 

आयोजनाकाे निर्माणको काममा प्रयोग भइरहेको लेबर क्याम्प, क्रसर जडान गरिएको ५ सय मिटर पाइपसमेत बगाएको छ।


प्रकाशित : बुधबार, साउन १६ २०८११०:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend