शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

करदाता सेवा कार्यालय खोटाङले उठायो २२ करोड ३१ लाख राजस्व

images
मंगलबार, साउन १५ २०८१
images
images
करदाता सेवा कार्यालय खोटाङले उठायो २२ करोड ३१ लाख राजस्व

आयकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क कर र अन्य सेवाबापत २२ करोड ६१ लाख ९८ हजार रूपैयाँ राजस्व संकलन गरिएको निमित्त कार्यालय प्रमुख नेत्रप्रसाद बाँस्तोलाले जानकारी दिए।

images
images

खोटाङ- करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०८०/८१ मा २२ लाख ५० करोड रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। आयकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क कर र अन्य सेवाबापत २२ करोड ६१ लाख ९८ हजार रूपैयाँ राजस्व संकलन गरिएको निमित्त कार्यालय प्रमुख नेत्रप्रसाद बाँस्तोलाले जानकारी दिए।

images
images

कार्यालयले गत आवमा समग्रमा ९७ दशमलव ४४ प्रतिशत लक्ष्य पूरा गरेको छ। 'कार्यालयले अघिल्लो आव २०७९/८० मा २१ करोड ३८ लाख २७ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो। गत वर्ष २२ करोड ६१ लाख ९८ हजार रूपैयाँ राजस्व संकलन भएको छ', निमित्त कार्यालय प्रमुख बाँस्तोलाले भने, 'यो ९७ दशमलव ४४ प्रतिशत लक्ष्य हो। आगामी दिनमा शतप्रतिशत लक्ष्य पूरा गर्नेगरी काम गछौँ।'

images
images

विसं २०७५ मा स्थापना भएको यस कार्यालयले जिल्लाका विभिन्न ठाउँमा कर शिक्षा तथा कर शिविर सञ्चालन, बजार अनुगमन, जिल्लास्थित लेखासम्बन्धी काम गर्ने कर्मचारीसँग कर शिक्षासम्बन्धी अन्तरक्रियालगायत क्रियाकलाप गर्दै आएको छ।

images
images
images

आन्तरिक राजस्व कार्यालय लहानको सम्पर्क कार्यालयको रूपमा स्थापित यस कार्यालयले प्रशासन, घरेलु तथा स्थानीय तहमा दर्ता भएका तर करमा दर्ता नभएका संघ/संस्था, व्यापार/व्यवसाय लगायतको विवरण संकलन गरेर करको दायरामा ल्याएको जनाइएको छ। गत आवमा एक सय १५ वटा पसल अनुगमन गर्दा मापदण्डविपरीत सञ्चालनमा रहेकाहरूलाई कारबाही गरी दुई लाख ४२ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो।

सेवा कार्यालय स्थापना हुनुअघि यहाँका नागरिकले कर चुक्ताका लागि मधेस प्रदेश, सिराहाको लहान पुग्नुपर्ने समस्या थियो। यहाँबाट स्थायी लेखा नम्बर दर्ता, कर चुक्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर, अन्तशुल्क इजाजत तथा नवीकरण, कर संकलन, करदाताको विवरण संशोधनलगायत सेवा प्रवाह हुने गरेको छ। रासस


प्रकाशित : मंगलबार, साउन १५ २०८११८:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend