शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

संसदीय समितिको सभापतिमा थापा निर्विरोध

images
मंगलबार, साउन १५ २०८१
images
संसदीय समितिको सभापतिमा थापा निर्विरोध

समितिको सभापति डा आरजु राणा देउवा परराष्ट्रमन्त्री नियुक्त भएपछि रिक्त भएको पदमा कुसुमदेवी थापाको मात्र उम्मेदवारी परेको थियो।

images
images

काठमाडौं- कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएकी छिन्।

images
images
images

कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा आज निर्विरोध निर्वाचित भएको ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले घोषणा गरे।

images
images

समितिको सभापति डा आरजु राणा देउवा परराष्ट्रमन्त्री नियुक्त भएपछि सो पद रिक्त हुन पुगेको थियो। 

images
images

समितिको सभापति पदमा कांग्रेसकी थापाको मात्र उम्मेदवारी परेको थियो। रासस


प्रकाशित : मंगलबार, साउन १५ २०८११८:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend