शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

दफावार छलफलका लागि प्रतिनिधिसभाबाट समितिमा पठाइयो सुरक्षित कारोबार विधेयक

images
मंगलबार, साउन १५ २०८१
images
दफावार छलफलका लागि प्रतिनिधिसभाबाट समितिमा पठाइयो सुरक्षित कारोबार विधेयक

प्रतिनिधिसभाको अर्को बैठक यही साउन २० गते आइतबार दिउँसो १ बजे बस्नेछ।

images
images

काठमाडौं- प्रतिनिधिसभाले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। सभाको आजको बैठकले राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयक समितिमा पठाएको हो।

images
images
images

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी राखेको प्रस्ताव सभाको सर्वसम्मतिबाट स्वीकृत भएको थियो।

images
images

बैठकमा सभामुख देवाराज घिमिरेले सहकारी संस्था बचत रकम अपचलन सम्बन्धमा गठित संसदीय छानबिन विशेष समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति तथा विभिन्न विषयगत समितिमा सदस्यको नाम हेरफेरको प्रस्ताव गरे। उक्त प्रस्तावलाई सभाले सहमति जनाएको थियो।

images
images

त्यसअघि सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा सुनाएका थिए।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन २० गते आइतबार दिउँसो १ बजे बस्नेछ।


प्रकाशित : मंगलबार, साउन १५ २०८११६:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend