शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

संसद् भवन निर्माण समयमै पूरा गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन

images
मंगलबार, साउन १५ २०८१
images
संसद् भवन निर्माण समयमै पूरा गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन

'सिफ्ट बढाएर भएपनि तोकिएको समयमा भवन निर्माण सम्पन्न गर्नुपर्‍यो। केही अप्ठ्यारा छन् भने मन्त्रालय सहजीकरण गर्न तयार छ। समयमा सबै काम सकियोस्। आउँदो हिउँदे अधिवेशन यही भवनमा गर्ने गरी तत्परताका साथ काम गर्नुहोस्', उनले भने।

images
images

काठमाडौं- उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद् भवन नौ महिनाभित्र पूरा गर्न निर्देशन दिएका छन्। सिंहदरबारमा निर्माणाधीन संसद् भवनको आज निरीक्षणपछि उनले कामको गति सुस्त भएको उल्लेख गर्दै समयमै काम सक्न निर्देशन दिए।

images
images
images

'सिफ्ट बढाएर भएपनि तोकिएको समयमा भवन निर्माण सम्पन्न गर्नुपर्‍यो। केही अप्ठ्यारा छन् भने मन्त्रालय सहजीकरण गर्न तयार छ। समयमा सबै काम सकियोस्। आउँदो हिउँदे अधिवेशन यही भवनमा गर्ने गरी तत्परताका साथ काम गर्नुहोस्', उनले भने। तोकिएको समयावधिमा काम सम्पन्न नहुने गुनासो सुनिएपछि निरीक्षणका लागि आएको बताउदै उपप्रधानमन्त्री सिंहले कामलाई तिब्रता दिन निर्देशन दिए।

images
images

त्यस अवसरमा मन्त्रालयका सचिव मणिराम गेलालले कम्तीमा दुई सिफ्टमा काम गर्न ठेकदार कम्पनीलाई निर्देशन दिइएता पनि हाल एक सिफ्टमा मात्रै काम भइरहेको बताए। 'प्रतिदिन सातसय जनाले काम गर्नुपर्नेमा एकदेखि डेढसयले काम गरेपछि अब त्यसलाई पूर्ति गर्न कामदार बढाउनुको विकल्प छैन। ठेकेदारसँग भवन निर्माण समयमै सम्पन्न गर्न छलफल गरिरहेका छौँ', उनले भने।

images
images

सिंहदरबार परिसरमा संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लकसहितको भवन निर्माण भइरहेको छ। रासस


प्रकाशित : मंगलबार, साउन १५ २०८११६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend