शनिबार, असोज ५ गते २०८१    
images
images

एप्पल बन्यो ३० खर्ब डलरको कम्पनी

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस २० २०७८
images
images
एप्पल बन्यो ३० खर्ब डलरको कम्पनी

१० खर्ब भन्दा माथिको मूल्याकंन भएका अरु कम्पनी पनि अमेरिकाकै  छन्।

images
images

काठमाडौं- अमेरिकी कम्पनी एप्पलले अर्को एक कोशेढुङगा पार गरेको छ। आइफोन निर्माता कम्पनी एप्पल ३० खर्ब अमेरिकी डलरको कम्पनी बनेको छ। ३० खर्ब डलरको मूल्यवान हुने एप्पल संसारकै एकमात्र सार्वजनिक कम्पनी हो। 

images
images
images

सोमबार कम्पनीको सेयर मूल्य ३ प्रतिशत बढेको थियो। यो वृद्धिसँगै कम्पनी संसारकै मूल्यवान बनेको हो। 

एप्पलको बजार मूल्य सन् अगस्ट २०१८ मा पहिलोपटक १० खर्ब डलर पुगेको थियो।  अगस्ट २०२० मा २० खर्ब पुगेको थियो। सन् २०२२ को सुरुवातमै ३० खर्ब डलरको मूल्याकंन पुगेको हो। 

सन् २०२१ मा मात्र एप्पलको सेयर मूल्य २१ प्रतिशतले बढेको थियो। कम्पनीले आइफोन १३ मोडल सार्वजनिक गरेपछि मूल्यांकन अझै बढेको थियो। स्मार्टफोनसँगै टीभी क्लाउड जस्ता सेवा पनि रुचाइएका छन्। 

images

१० खर्ब भन्दा माथिको मूल्याकंन भएका अरु कम्पनी पनि अमेरिकाकै  छन्। त्यसमा पनि प्रविधिमा आधारित व्यवसाय गर्ने कम्पनीहरू धेरै छन्। माइक्रोसफ्टको २५ खर्ब, अल्फाबेट(गुगल) को २० खर्ब, अमेजनको १७ खर्ब र टेस्लाको १२ खर्ब बजार मूल्यांकन रहेको छ। 


प्रकाशित : मंगलबार, पुस २० २०७८०८:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend