शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

बाँकेमा सात हजार ७४५ राष्ट्रिय परिचयपत्र वितरण

images
मंगलबार, साउन १५ २०८१
images
बाँकेमा सात हजार ७४५ राष्ट्रिय परिचयपत्र वितरण

जिल्लामा अहिलेसम्म दुई लाख ६६ हजार सात सय ५१ जनाको राष्ट्रिय परिचयपत्रका लागि रजिष्ट्रेसन भएको छ।

images
images

नेपालगञ्ज- अहिलेसम्म बाँकेमा सात हजार सात सय ४५ राष्ट्रिय परिचयपत्रका कार्ड वितरण भएका छन्। 

images
images
images

जिल्ला प्रशासन कार्यालय बाँकेमा आएका ३४ हजार दुई सय ५१ कार्डमध्ये २६ हजार पाँच सय छ कार्ड वितरण हुन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए।

images
images

उनले विभागको निर्देशनअनुसार अहिले प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको कार्ड वितरण स्थगन भएको उल्लेख गर्दै कोहलपुर नपा, बैजनाथ र राप्तीसोनरी गाउँपालिकाका केही वडा, राप्तीसोनारी गाउँपालिका-९ तथा नरैनापुर गापाका वडा नं १, २, ३, ४ र ५ का लागि ‘रजिष्ट्रेसन’को काम भइरहेको बताए। 'अहिले पनि राष्ट्रिय परिचयपत्रका लागि गाउँगाउँमा धमाधम काम भइरहेको छ', उनले भने।

images
images

जिल्लामा अहिलेसम्म दुई लाख ६६ हजार सात सय ५१ जनाको राष्ट्रिय परिचयपत्रका लागि रजिष्ट्रेसन भएको छ। सोमध्ये ५४ हजार तीन सय ३३ जिल्ला प्रशासन कार्यालयबाट परिचयपत्रका लागि रजिष्ट्रेसन भएको हो।

सहायक प्रजिअ माझीले केही वर्षअघि टोली परिचालन गरेर राष्ट्रिय परिचयपत्र बनाइएको उल्लेख गर्दै उक्त टोलीले २० हजारको रजिष्ट्रेसन गरेको थियो। परिचयपत्र बनाउनेमा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका बढी भएको बताइएको छ। रासस


प्रकाशित : मंगलबार, साउन १५ २०८११४:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend