शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

बेतबाँसका सामग्रीबाट आत्मनिर्भर ललिता, मासिक ७० हजार रुपैयाँको व्यापार

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन १५ २०८१
images
बेतबाँसका सामग्रीबाट आत्मनिर्भर ललिता, मासिक ७० हजार रुपैयाँको व्यापार

बेतबाँसका विभिन्न सामग्री बेचेर मासिक ७० हजार रुपैयाँ बराबरको कारोबार हुने गरेको उनले सुनाइन्। जसमध्ये ३५ देखि ४० प्रतिशत जति फाइदा हुने गरेको उनले बताइन्।

images
images

कैलाली- धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीकी ललिता चौधरीले लामो समयदेखि व्यावसायिक रुपमा बेतबाँस हस्तकला उद्यम सञ्चालन गर्दै आएकी छिन्। बेतबाँसबाट विभिन्न सामग्री उत्पादन गर्दै आएकी उनलाई श्रीमान् र परिवारको साथ सहयोग छ।

images
images
images

बेतका सामग्री बनाउने उनले अहिलेसम्म कुनै पनि तालिम लिएकी छैनन्। सुरुमा दिदीको काममा सहयोग गर्दै आएकी उनले काम सिकेपछि उद्यम सुरु गरेकी हुन्।

images
images

विसं २०७५ मङ्सिरमा घरेलु कार्यालय धनगढीमा फार्म दर्ता गरी उद्यम सुरु गरेकी उनको घरपरिवारको सम्पूर्ण खर्च धान्ने स्रोत यही बेतबाँस उद्योग बनेको छ। दुई छोरी, एक छोरा, श्रीमान् र आफूसमेत गरी पाँच जनाको उनको परिवार छ। 

images
images

'व्यवसाय सुरु गर्दा आर्थिकस्थिति एकदमै कमजोर थियो। फर्म दर्ता गर्न मसँग पैसा थिएन। व्यवसाय गर्नका लागि भतिजासँग दुई हजार पाँच सय सापटी मगेकी थिए, सोही रकमबाट टीकापुरको सतिबाट बेतबाँस खरिद गरी व्यवसाय सुरु गरेकी हुँ' उनले भनिन्, 'तर अहिले सोही व्यवसायबाट अर्थोपार्जन गरी आत्मनिर्भर बनेको छु, कसैसँग हात फैलाउनु परेको छैन, घरपरिवारको पूरै खर्च यही व्यवसायले धानेको छ।'

सुरुका दिनमा बेतबाट निर्माण गरेका सामग्रीले बजार पाउन कठिन भए पनि अहिले भने यसको माग बढ्दै गएको उनले सुनाइन्। यही उद्यमबाट छोराछारीलाई धनगढीको राम्रो बोर्डिङ स्कुलमा पढाइरहेको उनले बताइन्। उनले बेतबाट ह्याङगर, फूलदानी, पिर्का, झुलालगायतका सामग्रीको उत्पादन र बिक्री गर्दै आएकी छिन्।

'धनगढी सुदूरपश्चिम प्रदेशकै व्यापारिक केन्द्र हो, जहाँ कैलाली, कञ्चनपुरलगायत प्रदेशका पहाडी जिल्लाका मानिस आवतजावत गर्ने गर्दछन, व्यावसायिक तथा घरायसी प्रयोजनका लागि उनीहरुले आफ्नो पसलबाट बेतका सामग्री खरिद गरी लाने गरेका छन्', चौधरीले भनिन्।

उनले प्रतिह्याङ्गर एक हजार पाँच सय, फूलदानी चार सय, कुर्सी तीन हजार, पिर्का तीन सय रुपैयाँमा बिक्री गर्दै आएकी छिन्।

बेतबाँसका विभिन्न सामग्री बेचेर मासिक ७० हजार रुपैयाँ बराबरको कारोबार हुने गरेको उनले सुनाइन्। जसमध्ये ३५ देखि ४० प्रतिशत जति फाइदा हुने गरेको उनले बताइन्। रासस


प्रकाशित : मंगलबार, साउन १५ २०८११३:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend