शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

चार करोड लागतको ठूलामूल खानेपानी आयोजनाबाट धुर्कोटका ५५९ घरमा खानेपानी सुविधा

images
मंगलबार, साउन १५ २०८१
images
चार करोड लागतको ठूलामूल खानेपानी आयोजनाबाट धुर्कोटका ५५९ घरमा खानेपानी सुविधा

एउटै आयोजनाबाट यति धेरै घरमा शुद्ध पेयजलको व्यवस्था भएको धुर्कोट पालिकाको यो पहिलो ठूला खानेपानी आयोजना हो।

images
images

तम्घास- धुर्कोट गाउँपालिका-३ हाडहाडेमा सञ्चालित ठूलामूल लिफ्टिङ खानेपानी आयोजनाबाट पाँच सय ५९ घरमा खानेपानी सुविधा उपलब्ध भएको छ।  

images
images
images

आर्थिक वर्ष २०७६/७७ मा सुरु भएको उक्त योजना हालै सम्पन्न भएको हो। एउटै आयोजनाबाट यति धेरै घरमा शुद्ध पेयजलको व्यवस्था भएको धुर्कोट पालिकाको यो पहिलो ठूला खानेपानी आयोजना हो। आयोजनाबाट हाडहाडेका मोटिखर्क, निन्यूखर्क, पाथ्थरपानी, अबुवा, सिर्बु, मोरमारेलगायत टोलका बासिन्दा लाभान्वित भएका छन्।

images
images

आयोजनाबाट झण्डै दुई हजार दुई सयभन्दा बढी अप्रत्यक्षरुपमा लाभान्वित भएका छन्। सैनिक प्रावि, वडा कार्यालय, स्वास्थ्य चौकीलगायत संस्थाहरुमा यसै आयोजनाको पानी उपलब्ध गराइएको छ। दैनिक रुपमा घरमै पानी आएपछि स्थानीयको दैनिकी फेरिएको छ।

images
images

'पहिले-पहिले एक घण्टा हिँडेर पानी लिन जानुपर्थ्यो', स्थानीय ६८ वर्षीया मनकुमारी थापाले भनिन्, 'अहिले घरमै पानी आउँदा सहज भएको छ।' पहिले खेताला लगाएर पानी ल्याएको उनले बताइन्।

ठूलामूल खानेपानी उपभोक्ता समितिका सचिव नीरबहादुर घमले आयोजना सम्पन्न गर्न चार करोड रूपैयाँभन्दा बढी खर्च भएको बताए। आयोजना सम्पन्न भएसँगै हाडहाडेका पाँच सय ५९ घरमा धारा जडान भएका छन्।

धुर्कोट गाउँपालिकामा पाँच हजार तीन सय ८२ घर छन्। हाल पालिकाका अधिकांश घरमा स्वच्छ पानीको सुविधा उपलब्ध छ। रासस


प्रकाशित : मंगलबार, साउन १५ २०८११२:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend