शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

प्रधानमन्त्रीले मन्त्रालयगत योजनाका विषयमा सचिवहरूलाई आज निर्देशन दिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन १५ २०८१
images
प्रधानमन्त्रीले मन्त्रालयगत योजनाका विषयमा सचिवहरूलाई आज निर्देशन दिँदै

प्रधानमन्त्री ओलीले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाका विषयमा ब्रिफिङ लिइसकेकाले त्यसैका आधारमा निर्देशन दिनेछन्।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा आज मंगलबार संघीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै छन्। गएको आइतबार सात घण्टासम्म ब्रिफिङ लिएका ओलीले आज निर्देशन दिन लागेका हुन्। 

images
images
images

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्री, मन्त्रीको पनि उपस्थिति रहनेछ।

images
images

प्रधानमन्त्री ओलीले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाका विषयमा ब्रिफिङ लिइसकेकाले त्यसैका आधारमा निर्देशन दिनेछन्।

images
images

सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए। ओलीले प्रधानमन्त्री भएपछि पहिलोपटक यस प्रकारको बैठक भएको हो।

 


प्रकाशित : मंगलबार, साउन १५ २०८११०:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend