शनिबार, असोज ५ गते २०८१    
images
images

एक सय मिटर सडक खन्न लाग्यो दुई वर्ष 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस २० २०७८
images
images
एक सय मिटर सडक खन्न लाग्यो दुई वर्ष 

एक करोड ४९ लाख रूपैयाँ लागत अनुमान गरिएको उक्त योजनामा काठमाडौँको बिएन कन्सट्रक्सनले ७८ लाख ९९ हजार ३१० रूपैयाँ मा ठेक्का लिएको हो।

images
images

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका-२ मा करिब एक सय मिटर दूरीको सडकको बनाउन दुई वर्ष लागेको छ। धवलागिरिको वडा नं १ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना-लुलाङ सडकअन्तर्गत पर्ने महतला भिरमा दुई वर्षको प्रयासपछि सडक बल्ल सडक बनाएको हो।

images
images
images

पूर्वाधार विकास कार्यालयले दरवाङ-बिम-भारबाङ-ताकम-मुना-लुलाङ-गुर्जा सडक आयोजनाअन्तर्गत महतला भिरमा सडक निर्माणका लागि २०७६ साल पुस पहिलो हप्ता ठेक्का लगाएको थियो।

एक करोड ४९ लाख रूपैयाँ लागत अनुमान गरिएको उक्त योजनामा काठमाडौँको बिएन कन्सट्रक्सनले ७८ लाख ९९ हजार ३१० रूपैयाँ मा ठेक्का लिएको थियो। विसं २०७७ असार मसान्तसम्म म्याद भएको त्यस आयोजनामा खोरिया, लमसुङ र लुलाङका बासिन्दाको विवादको बहानामा सम्झौता भएको १५ महिनापछि २०७७ साल चैतमा सुरु गरिएको थियो। पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले महतला भिरमा दुईवटा प्याकेजमा भएको ठेक्कामार्फत सडकको मार्ग खोलिएको बताए।

'आर्थिक वर्ष ०७७/७८ मा दुई हजार घनमिटर चट्टान फुटाएर सडक बनाउन माछापुच्छ्रे निर्माण सेवाले ठेक्का लिएको काम गत असारमै सकिएको थियो,' उनले भने, '०७६/७७ मा बिएनले ठेक्का लिएको एक हजार ५०० घनमिटर कडा चट्टान काट्ने काम यसैपालि गरिएको हो।'

images

अक्करे पहाडमा करिब एक सय मिटर दूरीमा चट्टान काटेर मार्ग खोलिए पनि ग्रेड मिलाउन र फराकिलो बनाएर यातायातका साधन चल्न योग्य बनाउन बाँकी छ। खोरिया आधारभूत विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले अक्करे पहाड छिचोलेर सडकको मार्ग खोलिए पनि थप मर्मत सुधार गरेर जति सक्दो छिटो यातायात सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने बताए।

'खोरियाभन्दा अगाडि मरेनी र लमसुङसम्म सडक पुगेको छ,' उनले भने, 'महतलाको भिरमा खुलेको ट्र्याकलाई यातायात सञ्चालन योग्य बनाएमा आवतजावत र ढुवानीमा सहज हुने थियो।' सडक भए पनि पैदलयात्रा गर्न बाध्य छन् । ढुवानीका लागि भरिया र खच्चरमा निर्भर छन्। महतलामा दुई वर्षअघि सडक पुगेको थियो।

निर्माण कम्पनी बिएन कन्सट्रक्सनका सञ्चालक नारायण जिसीले महतला भन्ने ठाउँमा पुगेको सडक कताबाट खन्ने भन्ने विवादले समयमा काम गर्न नपाउँदा ढिलाइ भएको बताउँदै आएका छन्।

महतलादेखि केही तलबाट दरखोलाको दायाँ किनारबाट सडक खन्नुपर्ने माग गर्दै आएका लुलाङ, लमसुङ र खोरियाका बासिन्दाबीच गत वर्ष गाउँपालिकाको पहलमा महतलाभन्दा अगाडि खोरियाको फेदीबाट लमसुङतर्फ जाने सडक बनाउने सहमति भएको थियो।

सहमतिअनुसार गत वर्ष गाउँपालिकाले विनियोजन गरेको ४० लाख बजेटबाट खोरियाको फेदीदेखि लमसुङको सिमानासम्म पुगेको सडकलाई पूर्णता दिनुपर्नेमा लमसुङका ओम विकले जोड दिए। महतला भिरमा खोलिएको सडकलाई सुधार गरेमा खोरिया हुँदै लमसुङको सिमानासम्म गाडी गुड्न सक्छन्।

महतलाको अप्ठ्यारो भिरलाई छाडेर सडक डिभिजन कार्यालयले खोरिया हुँदै कासम खोलासम्म गत वर्ष साढे तीन किलोमिटरभन्दा बढी सडक खनिसकेको छ। खोरियावासीले चन्दा सङ्कलन गरेर ढोरपाटन जाने मूल सडकदेखि लमसुङ जोड्ने सहायक सडकको ट्र्याक पनि खनेका थिए।

धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले महतलाको भिरमा खुलेको मार्गलाई चक्लाएर र ग्रेड सुधार गरेर यातायात सञ्चालन योग्य बनाउन तथा गुर्जातर्फ जाने सडक निर्माणका लागि विभिन्न विकल्पमा छलफल र पहल भइरहेको बताए। रासस 


प्रकाशित : मंगलबार, पुस २० २०७८०७:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend