शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एकसाथ मन्त्रालयका सचिव सरुवा, अर्थसचिवमा रामप्रसाद घिमिरे, राजस्वमा भित्रिए दिनेश

सोमबार, साउन १४ २०८१
एकसाथ मन्त्रालयका सचिव सरुवा, अर्थसचिवमा रामप्रसाद घिमिरे, राजस्वमा भित्रिए दिनेश

यसअघि विष्णु पौडेल अर्थमन्त्री हुँदा नै रामप्रदा राजस्वमा आएका थिए। पौडेलले नै रामप्रसादलाई अर्थसचिवको जिम्मेवारी दिएका हुन्।

काठमाडौं-  सरकारले एकसाथ सचिवहरूको व्यापक सरुवा गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले सचिव सरुवाको निर्णय गरेको हो। यद्यपी यसको औपचारिक जानकारी भने दिइएको छैन। 

एक मन्त्रीले दिएको जानकारीअनुसार अर्थ मन्त्रालयको सचिवमा अहिले राजस्वमा रहेका रामप्रासद घिमिरे भएका छन् भने राजस्वमा उद्योगबाट दिनेश घिमिरेलाई‌ल्याइएको छ। राजस्वमा जुनियर सचिवको खोजी हुने भएकाले धेरैले चासो दिँदैन, यसमा घिमिरेले चासो दिएका थिए। 

रामप्रसाद भने लामो समयदेखि राजस्व सचिवका रुपमा काम गर्दै आएका थिए। यसअघि विष्णु पौडेल अर्थमन्त्री हुँदा नै रामप्रदा राजस्वमा आएका थिए। पौडेलले नै रामप्रसादलाई अर्थसचिवको जिम्मेवारी दिएका हुन्। 

योसँगै अर्थ मन्त्रालयका दुबै सचिव क्याडर बाहिरबाट भएका हुन्। रामप्रसाद सहसचिव भएपछि केही समय काम गरेको र राजस्व सचिव भएर काम गरेको बाहेक अर्थ प्रशासनमा लामो अनुभव छैन।

दिनेशको त झन अर्थ संरचनामा उल्लेख्य अनुभव छैन। दिनेश घिमिरेले भविष्यमा अर्थसचिवको दावेदारी बलियो बनाउनका लागि राजस्व सचिवको पोल्टफोलियो ताकेका थिए।

त्यस्तै श्रम रोजगारमा रहेका घनश्याम उपाध्याय अख्तियार गएका छन् भने अख्तियारमा रहेका रामेश्वर दंगाल रक्षा मन्त्रालय पुगेका छन्। त्यस्तै अर्थमा रहेका मधु मरासिनी उपराष्ट्रपतिको कार्यालयमा सरूवा गरिएको छ।

२२ सचिवको कसको कहाँ?

१ अर्थ: रामप्रसाद घिमिरे (राजस्वबाट)
२ अख्तियार: घनश्याम उपाध्याय(श्रमबाट)
३ राजश्व: दिनेश घिमिरे (वाणिज्यबाट)
४ रक्षाः रामेश्वर दंगाल (अख्तियारबाट)
५ श्रम रोजगार तथा समाजिक सुरक्षा: मुकुन्द निरौला (सामान्यबाट)
६ लोक सेवा: डिल्लीराम शर्मा(राष्ट्रपतिबाट)
७ सूचना तथा सञ्चार राधिका अर्याल (उप राष्ट्रपतिबाट)
८ उपराष्ट्रपति कार्यालय: मधुकुमार मरासिनी (अर्थबाट)
९ संघीय मामिला तथा सामान्य प्रशासन: भरत सुवेदी(सार्वजनिक खरिदबाट)
१० वित्त आयोग : किरण राज शर्मा(रक्षाबाट)
११ भौतिक पूर्वाधारः केशवकुमार शर्मा (ऊर्जा आयोगबाट)
१२ ऊर्जा : गोपालप्रसाद सिग्देल(भौतिकबाट)
१३ राष्ट्रपतिको कार्यालय: नारायण प्रसाद दुवाडी (प्र म का बाट)
१४ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय: राजकुमार श्रेष्ठ ( लोक सेवाबाट)
१५ वाणिज्य: मधुसूदन बुर्लाकोटी (वित्त आयोगबाट)
१६ सार्वजनिक खरिद: रामकृष्ण सुवेदी (सञ्चारबाट)
१७ नेपाल ट्रष्टः राम आधार शाह (सतर्कताबाट)
१८ खानेपानीः प्रमीला देवी बज्राचार्य (ट्रष्टबाट)
१९ जल तथा ऊर्जा आयोग: सुरेश आचार्य (खानेपानीबाट)
२० राष्ट्रिय तथ्याङ्क कार्यालय: गोकर्णमणि दुवाडी (भूमि सुधारबाट)
२१ भूमि: अर्जुनप्रसाद पोखरेल (तथ्याङ्कबाट)
⁠२२ सतर्कता: सरजु बैघ (प्र म का बाट)


प्रकाशित : सोमबार, साउन १४ २०८१२०:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend