बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

बैंक वित्तीय संस्थाले साउन मसान्तसम्म उठ्ने गतवर्षको ब्याज आम्दानीलाई २०८०/८१ को वित्तीय विवरणमा देखाउन पाउने

सोमबार, साउन १४ २०८१
बैंक वित्तीय संस्थाले साउन मसान्तसम्म उठ्ने गतवर्षको ब्याज आम्दानीलाई २०८०/८१ को वित्तीय विवरणमा देखाउन पाउने

काठमाडौं- राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउन मसान्तसम्म उठ्ने गतवर्षको पाकेको ब्याजलाई आम्दानीमा गणना गर्न दिने भएको छ। विगतमा साउन १५ गतेसम्म उठ्ने ब्याजलाई आम्दानीमा देखाउन पाउने व्यवस्था रहेको थियो। 

यसपटक राष्ट्र बैंकले बैंक वित्तीय सस्थाहरुको बढ्दो खराब कर्जालाई ध्यानमा राखेर बैंकहरुलाई सहजीकरण गर्न उक्त नीति लिएको हो।

गत असार मसान्तसम्म पाकेको ब्याजलाई बैंकहरुले आफ्नो नाफा नोक्सान खातामा अन्य ब्याज आम्दानीमा देखाउनु पर्ने छ। साउन मसान्तसम्म प्राप्त हुने यस्तो आम्दानीबाट प्रचलित आयकर ऐनअनुसार आयकर र कर्मचारीको बोनस कट्टा गरी सञ्चित मुनाफामा खर्च गरेर नियमनकारी कोषमा जम्मा गर्ने सुविधा राष्ट्र बैंकले दिएको छ।

गत शुक्रबार जारी भएको मौद्रिक नीतिले बैंक वित्तीय संस्थालाई साउन मसान्तसम्म वित्तीय विवरण समायोजन गर्ने सुविधा दिएको छ।

यस व्यवस्थाले गत वर्षको बैंकहरूको खराब कर्जा घटाउन र नाफा बढाउन मद्दत गर्ने भएको छ। यस व्यवस्थाले ऋणीलाई समेत सहज हुने राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले बताएका छ्न्।

गत वर्षसम्मको ऋणको ब्याज चालु आर्थिक वर्षको साउन मसान्तसम्म तिर्न पाउने व्यवस्थाले खराब ऋणी बन्नबाट जोगिने अवसर समेत प्राप्त भएको उनले बताए।

'विगतमा गत वर्षको पाकेको ब्याज साउन मसान्तसम्म उठेमा सो वर्षको नाफा नोक्सान खातामा समायोजन गर्न पाउँथे भने यसपटक साउन मसान्तसम्म उठेको ब्याजलाई नाफा नोक्सान खातामा बैंक वित्तीय संस्थाले देखाउन पाउने भए। मौद्रिक नीतिमार्फत नै साउन मसान्तसम्म वित्तीय विवरण समायोजन गर्ने सुविधा दिएको छ। यस व्यवस्थाले ऋणी र वित्तीय संस्था दुबैलाई सहजीकरण गरेको छ' उनले भने।

एनएफआरएस लागु नभएका लघुवित्त वित्तीय संस्था र पूर्वाधार विकास बैंकले समेत नयाँ व्यवस्थाअनुसार गत वर्षको वित्तीय विवरण तयार गर्न पाउने भएका छ्न्।


प्रकाशित : सोमबार, साउन १४ २०८११९:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend