शुक्रबार, असोज १८ गते २०८१    
images
images

ऊर्जामन्त्री खड्का र अमेरिकी राजदूतबीच भेट, नेपालको ऊर्जा क्षेत्रको विकासमा थप सहयोग गर्ने प्रतिबद्धता

images
सोमबार, साउन १४ २०८१
images
images
ऊर्जामन्त्री खड्का र अमेरिकी राजदूतबीच भेट, नेपालको ऊर्जा क्षेत्रको विकासमा थप सहयोग गर्ने प्रतिबद्धता

भेटमा ऊर्जा क्षेत्रको विकासमा भएका कानूनी झन्झटलाई हटाएर सरकार अगाडि बढ्ने ऊर्जामन्त्री दीपक खड्काले बताए।

images
images

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ। मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल-अमेरिका सम्बन्धका विविध विषयमा छलफल भएको थियो।

images
images
images

त्यस अवसरमा मन्त्री खड्काले नेपाल-अमेरिकाबीचको ७७ वर्ष लामो सम्बन्धलाई थप प्रगाढ बनाएर अगाडि बढाउन नेपाल प्रतिबद्ध रहेको बताए। उनले ऊर्जा क्षेत्र नेपालको आर्थिक विकासको सबैभन्दा ठूलो क्षेत्र भएकाले यसलाई अगाडि बढाउन अमेरिकाको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे।

'यूएसएआईडीमार्फत अमेरिकाले नेपालको विकासमा ठूलो सहयोग गरेको छ, आगामी दिनमा पनि यस्तो सहयोग हुने विश्वास लिएको छु', मन्त्री खड्काले भने।

images

ऊर्जा क्षेत्रको विकासमा भएका कानूनी झन्झटलाई हटाएर सरकार अगाडि बढ्ने उनको भनाइ थियो।

images

भेटमा अमेरिकन राजदूत थम्पसनले नेपालको आर्थिक र सामाजिक विकासका लागि अमेरिका सधैँ सहकार्य गर्न तयार रहेको बताए। उनले आगामी दिनमा नेपालको ऊर्जा क्षेत्रको विकासमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। रासस


प्रकाशित : सोमबार, साउन १४ २०८११८:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend