शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

कर्णालीबाट एक वर्षमा चार अर्ब ११ करोडको कृषि तथा पशुपक्षीजन्य उपज निर्यात

images
सोमबार, साउन १४ २०८१
images
images
कर्णालीबाट एक वर्षमा चार अर्ब ११ करोडको कृषि तथा पशुपक्षीजन्य उपज निर्यात

दुई अर्ब २६ करोड रूपैयाँको कृषिजन्य उपज प्रदेशबाहिर निर्यात गरिएको छ।

images
images

कर्णाली- आर्थिक वर्ष २०८०/०८१ मा कर्णाली प्रदेशबाट चार अर्ब ११ करोड रूपैयाँको कृषि तथा पशुपक्षीजन्य उपज निर्यात गरिएको छ।

images
images

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा चार अर्ब ११ करोड ७७ लाख ८१ हजार रूपैयाँ रकम बराबरको कृषि तथा पशुपक्षीजन्य उपज प्रदेशबाट अन्यत्र निर्यात भएको तथ्यांक सार्वजनिक गरिएको हो।

images
images

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले कृषिजन्य उपज (तरकारी, सुन्तला, फलफुल, मसलाबाली, मह आदि) दुई अर्ब २६ करोड ६७ लाख ११ हजार रूपैयाँको प्रदेशबाहिर निर्यात गरिएको जानकारी दिए। त्यस्तै, पशुपक्षीजन्य उपज (खसी, दुध, माछा, मासु, घ्यू, राडीपाखा, छुर्पी आदि) एक अर्ब ८४ करोड ९० लाख ७० हजार रूपैयाँको निर्यात गरिएको उनले बताए।

images
images
images

कर्णाली प्रदेशको मूल प्रवेशद्वारा बबई र कपुरकोट नाकाबाट लिइएको तथ्यांकअनुसार कृषि तथा पशुपक्षीजन्य उपजबाट चार अर्ब ११ करोड ७७ लाख ८१ हजार रूपैयाँ संकलन भएको मन्त्रालयका सचिव टिकाराम थापाले जानकारी दिए।

यसैगरी गत आवमा ६ बैंक तथा आठ सहकारीबाट ९९ करोड ९७ लाख १४ हजार रूपैयाँ पुँजी परिचालन गरी प्रदेश सरकारले तीन करोड ४० लाख २३ हजार रूपैयाँ ब्याज अनुदान भुक्तानी गर्दा यसबाट कर्णालीका नौ सय ७१ व्यावसायिक कृषक लाभान्वित भएको उनले जानकारी दिए।

कार्यक्रममा कृषिमन्त्री विनोदकुमार शाहले कृषक र कृषि व्यवसायीलाई उपलब्ध गराइने अनुदानलाई व्यवस्थित एवं प्रभावकारी बनाउन उत्पादनमा आधारित प्रोत्साहन र साना तथा मझौला कृषिमा आधारित उद्योग एवं उद्यमीलाई ब्याज अनुदान सहयोग गरिने बताए।

कृषि क्षेत्रमा ठूला खालका भौतिक पूर्वाधार, शीतभण्डार, संकलन केन्द्र, सोलार स्टोर, प्रशोधन उद्योग आदि निर्माणपूर्व सम्भाव्यता अध्ययन गर्ने र ठूला योजनाभन्दा साना तथा मध्यम योजना कार्यान्वयनलाई प्राथमिकता दिइने पनि उनले बताए। रासस


प्रकाशित : सोमबार, साउन १४ २०८११८:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend