शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

पर्सा ट्राफिक प्रहरीद्वारा दुई करोड ७६ लाख राजस्व संकलन

images
सोमबार, साउन १४ २०८१
images
पर्सा ट्राफिक प्रहरीद्वारा दुई करोड ७६ लाख राजस्व संकलन

कार्यालयले आव २०८०/८१ मा २७ हजार तीन सय ७२ सवारी साधनलाई कारबाही गरेर सो राजस्व संकलन गरेको हो।

images
images

पर्सा- जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनबाट एक वर्षमा दुई करोड ७६ लाख ६१ हजार नौ सय ५४ रूपैयाँ रकम राजस्व संकलन गरेको छ।

images
images
images

कार्यालयले आव २०८०/८१ मा २७ हजार तीन सय ७२ सवारी साधनलाई कारबाही गरेर सो राजस्व संकलन गरेको हो। आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा पर्सामा सवारी चालकले ट्राफिक नियम उल्लघन गरेर संकलन हुने जरिवानाबापतको राजस्व एकै वर्षमा ६६ लाख रूपैयाँले घटेको छ।

images
images

पर्सामा अनलाइन प्रणालीमा आधारित ‘ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टम’ लागु गरेर न्यूनतम मात्रै जरिवाना गर्ने नियमका कारणले जरिवानाबापतको राजस्व घटेको कार्यालयले जनाएको छ। यसअघि ट्राफिक नियम उल्लंघन गर्दा अधिकतम जरिवानाबाट सुरु गर्ने गरिन्थ्यो।

images
images

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख भास्कर खतिवडाले पर्सा ट्राफिकले गत वर्षदेखि अनलाइन प्रणालीमा आधारित ‘ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टम’ लागु गरेकाले पनि राजस्वमा प्रत्यक्ष असर देखिएको बताए।

'विगतका वर्षमा फिल्डमा खटिने ट्राफिक प्रहरीले म्यानुअल ढंगबाट अधिकतम जरिवाना लगाउने गर्थे, जसको कारणले पनि जरिवाना वापतको राजस्व संकलन धेरै हुने गर्थ्यो', उनले भने, 'अहिलेको ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टमले न्यूनतम खालको ट्राफिक जरिवानाबाट सुरुवात गर्नुपर्ने भएकाले पनि जरिवाना राजस्व रकम केही घटेको देखिन्छ।'

कार्यालयले आव २०७९/८० मा ३५ हजार पाँच सय ३४ ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरेर तीन करोड ४२ लाख ६५ हजार रूपैयाँ जरिवाना संकलन गरेको थियो। कार्यालयले आव २०८०/८१ मा १० हजार सात सय ५२ ट्रकका चालकलार्ई कारबाही गरेर एक करोड ५४ लाख ५१ हजार ५१ रूपैयाँ रकम जरिवाना संकलन गरेको छ। 

त्यस्तै सोही आवमा दुई हजार एक सय ६७ जीप, कार र भ्यानका चालकलाई कारबाही गरेर २० लाख २१ हजार सात सय ५२ रूपैयाँ जरिवानाबापतको राजस्व संकलन गरेको छ। गत आवमा १२ हजार सात सय ७४ मोटरसाइकलका चालकलाई कारबाही गरेर ८८ लाख ७८ हजार पाँच सय ५१ रूपैयाँ जरिवाना राजस्व संकलन गरेको छ।

त्यस्तै सोही आवमा दुई सय ३८ बसका चालकलाई कारबाही गरेर दुई लाख ३८ हजार रूपैयाँ जरिवाना संकलन गरेको छ। यहाँ २१ जना ट्राफिक प्रहरीको दरबन्दी भए पनि काजमा ५८ जना खटिरहेका छन्। रासस


प्रकाशित : सोमबार, साउन १४ २०८११८:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend