शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

सुर्तीजन्य पदार्थको कर र चेतना बढाएर उपभोग नियन्त्रण गर्न सकिन्छ : मन्त्री पौडेल

images
सोमबार, साउन १४ २०८१
images
सुर्तीजन्य पदार्थको कर र चेतना बढाएर उपभोग नियन्त्रण गर्न सकिन्छ : मन्त्री पौडेल

सुर्तीजन्य उत्पादन नेपाल सरकारले बन्द गरेमा बजारमा सुर्तीजन्य पदार्थ हालभन्दा उच्च दरमा बिक्री हुने जोखिम रहने स्वास्थ्यमन्त्रीले बताए।

images
images

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुर्तीजन्य पदार्थको कर र चेतना बढाएर यसको उपभोग नियन्त्रण गर्न सकिने बताएका छन्।

images
images
images

प्रतिनिधिसभाको आजको बैठकमा मौखिक प्रश्नको उत्तर दिने क्रममा मन्त्री पौडेलले भने, 'विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा ७५ प्रतिशतको दरले कर हुनुपर्छ। तर नेपालमा यो दर कायम हुन सकेको छैन। सुर्तीजन्य पदार्थको कर बढाएर, यसको प्रचार र विज्ञापनमा नियन्त्रण गरेर, आम नागरिकलाई धुम्रपानको जोखिमबाट सुरक्षित बनाएर, प्याकेजिङ र लेबलिङमा चेतावनी सन्देश राखी जनतामा यसको चेतना बढाएर नियन्त्रण गर्न सकिन्छ।'

images
images

मन्त्री पौडेलले सुर्तीजन्य उत्पादन नेपाल सरकारले बन्द गरेमा बजारमा सुर्तीजन्य पदार्थ हालभन्दा उच्च दरमा बिक्री हुने जोखिम रहने बताए। उनले भने, 'यसबाट हुने रोगको रोकथामका लागि विश्व स्वास्थ्य संगठनले उल्लेख गरेअनुसार सुर्तीजन्य पदार्थको नियन्त्रणमा जोड दिन जरुरी देखिन्छ। यसका लागि यसको माग घटाउने सबैभन्दा प्रभावकारी विधि भनेको कर बढाउने नै हो।'

images
images

नयाँ पुस्तमा सुर्तीजन्य पदार्थको प्रयोगको प्रवृत्ति बढ्दै गएको र यसको प्रयोग हुनबाट जोगाउन पाठ्यक्रममार्फत नै चेतना फैलाउन आवश्यक रहेको मन्त्री पौडेलको भनाइ थियो। बीमित व्यक्तिहरुले सरल ढंगबाट सेवा पाउन नसकेको उल्लेख गर्दै मन्त्री पौडेलले बीमालाई प्राथमिकतामा राखेर यस सम्बन्धी ऐनलाई परिवर्तन गरी व्यवस्थित र सरलीकरण गर्न जरुरी रहेको बताए। रासस


प्रकाशित : सोमबार, साउन १४ २०८११७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend