शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण

images
सोमबार, साउन १४ २०८१
images
अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण

सांसद अब्दुल खानले हवाई तथा सडक यातायात असुरक्षित बन्दै गएको भन्दै सुरक्षित यात्राको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराए।

images
images

काठमाडौं- सांसद अब्दुल खानले अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको भन्दै यथाशीघ्र राजमार्ग सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।

images
images
images

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले सो सडक अवरुद्ध हुँदा दैनिकी हजारौँ यात्री समस्यामा परेका भन्दै यथाशीघ्र सञ्चालन गराउन आग्रह गरे।

images
images

सांसद खानले दैलेखको आठबिसे नगरपालिका-१ असारघाट नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको बताउँदै सुर्खेतबाट माथिलो कर्णाली र माथिलो कर्णालीबाट सुर्खेततर्फ आवतजावत गर्ने सवारीसाधन र यात्री अलपत्र परेका जानकारी गराए।

images
images

सांसद खानले कास्कीको पोखरामा भएको स्कुल बस दुर्घटनामा परेका विद्यार्थीको उपचारमा ध्यान दिन संसदमार्फत सरकारलाई आग्रह गरे। उनले हवाई तथा सडक यातायात असुरक्षित बन्दै गएकामा चिन्ता व्यक्त गर्दै सुरक्षित यात्राको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद डा अमरेशकुमार सिंहले पछिल्ला दिनमा सडक दुर्घटना बढ्दै गएको भन्दै सडक पूर्वाधारको गुणस्तरीयतामाथि प्रश्न उठेको टिप्पणी गरे। रासस


प्रकाशित : सोमबार, साउन १४ २०८११६:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend