शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

प्रस्तावित निर्वाचन आयुक्त प्रधानले फिर्ता लिए उम्मेदवारी

images
सोमबार, साउन १४ २०८१
images
images
प्रस्तावित निर्वाचन आयुक्त प्रधानले फिर्ता लिए उम्मेदवारी

संवैधानिक परिषद्लेअसार २ गते उनको नाम निर्वाचन आयुक्तमा प्रस्ताव गरी संसदीय सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पठाएको थियो।

images
images

काठमाडौं- निर्वाचन आयुक्त पदमा प्रस्तावित कृष्णमान प्रधानले आफूलाई प्रस्ताव गरिएको पदमा उम्मेदवारी कामय राख्न नचाहेको संसदीय सुनुवाइ समितिलाई जानकारी गराएका छन्।

images
images

समितिलाई आज पत्र लेख्दै उनले संवैधानिक परिषद्को सिफारिस प्रतिनिष्ठावान रहँदारहँदै पनि आफूप्रति केन्द्रित दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेको स्पष्ट पारे।

images
images

भविष्यमा राज्यले प्रदान गर्ने जुनसुकै जिम्मेवारीप्रति निष्ठावान रहने वचनबद्धता व्यक्त गर्दै प्रधानले लेखेको पत्रमा भनिएको छ, 'सिफारिस भएको निर्वाचन आयोगको आयुक्त पदमा नियुक्तिका लागि मेरो उम्मेदवारी कायम राख्न नचाहेकाले सम्मानित समिति समक्ष जानकारीसहित अनुरोध गर्दै सो अनुसार व्यवस्था हुन सविनय अनुरोध गर्दछु।'

images
images
images

संवैधानिक परिषद्ले गत असार २ गते उनको नाम निर्वाचन आयुक्तमा प्रस्ताव गरी संसदीय सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पठाएको थियो। समितिले यसअघि यही साउन ९ गते निर्वाचन आयुक्तमा प्रस्तावित नेपाल कानून समाजका कार्यकारी निर्देशक प्रधानको संसदीय सुनुवाइ गरेको थियो।

बैठकमा प्रस्तावित निर्वाचन आयुक्त प्रधानले आफ्नो अनुभव, योग्यता, क्षमतासहितको योजनासम्बन्धी अवधारणा र कार्ययोजना प्रस्तुत गरेका थिए। उनका विरुद्धमा महिला हिंसा गरेको आरोप लगाउँदै चारवटा उजुरी परेका थिए। रासस


प्रकाशित : सोमबार, साउन १४ २०८११६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend