शुक्रबार, असोज १८ गते २०८१    
images
images

एक करोड खर्चिएर काफ्ले-महभिर-खुरिला-मिलन चोक सडक स्तरोन्नति

images
सोमबार, साउन १४ २०८१
images
images
एक करोड खर्चिएर काफ्ले-महभिर-खुरिला-मिलन चोक सडक स्तरोन्नति
फाइल तस्बिर

आर्थिक वर्ष २०८०-८१ को सहरी विकास मन्त्रालयमार्फत विनियोजित बजेटबाट ग्रामीण सडक स्तरोन्नति गरिएको हो।

images
images

टक्सार- भोजपुर नगरपालिका-९ काफ्ले हुँदै वडा नं १० भैसिपङ्खा जोडने काफ्ले-महभिर-खुरिला-मिलन चोक सडक स्तरोन्नति भएसँगै स्थानीयवासीमा उत्साह छाएको छ।

images
images
images

आर्थिक वर्ष २०८०-८१ को सहरी विकास मन्त्रालयमार्फत विनियोजित बजेटबाट ग्रामीण सडक स्तरोन्नति गरिएको हो। एक करोड १० लाखमा सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज भएको स्थानीय सविना राईले बताइन्। निर्माण व्यवसायी र उपभोक्ता समितिमार्फत सडक निर्माण भएको हो।

काफ्ले-महभिर-खुरिलादेखि नोरपायासम्म सविन निर्माण सेवा नामक कम्पनीले ८० लाखको लागतमा सडक स्तरोन्नति गरेको हो। उपभोक्ता समितिमार्फत ३० लाख लागतमा मिलन चोकदेखि असिनेसम्मको सडक स्तरोन्नति गरिएको भोजपुर नगरपालिका-१० का वडाध्यक्ष सुबिन राईले जानकारी दिए। वडाध्यक्ष राईका अनुसार सडक चौडा गर्ने, खोला क्षेत्रमा कजवे निर्माण, सोलिङ, ढलान, पर्खाल लगाउनेलगायतका काम गरिएका छन्।

images

मिलन चोक क्षेत्रबाट करिब दुई सय मिटर सडक ढलान भएको छ। यस्तै, महभिर खोला, काल्चे खोला, खुरिला खोला साछिम खोलालगायतका क्षेत्रमा कजवे निर्माण गरिएको छ। साँघुरो तथा सानो सडकका कारण समस्या हुने गरेको अवस्थामा अब सवारी साधन सहजरुपमा सञ्चालन हुने स्थानीय ज्ञानबहादुर राईले बताए। सडक स्तरोन्नतिले कृषि उपज व्यापारमा सहज हुने राईको भनाइ छ।

images

ट्र्याक्टर, मोटरसाइकलसमेत नचल्ने अवस्थाको सडक स्तरोन्नति हुँदा स्थानीयका लागि सुविधा भएको स्थानीय लक्ष्मी राईले बताए। राईले भने, 'नाम्लो र डोकोको भरमा स्थानीयस्तरमा उत्पादित सामग्रीहरु हाट बजारसम्म पुर्‍याउनुपर्ने अवस्थामा अब सडक बनेपछि सहज भएको छ।' रासस


प्रकाशित : सोमबार, साउन १४ २०८११३:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend