शुक्रबार, असोज १८ गते २०८१    
images
images

जलवायु परिवर्तनसँग जुध्न सरकारलाई सघाउँदै एनसेल, सहरदेखि समुदायस्तरसम्म हरित परियोजना प्रबर्द्धन

images
सोमबार, साउन १४ २०८१
images
images
जलवायु परिवर्तनसँग जुध्न सरकारलाई सघाउँदै एनसेल, सहरदेखि समुदायस्तरसम्म हरित परियोजना प्रबर्द्धन

वृहत्तर राष्ट्रिय अभियान तथा योजनासँग एकाकार हुनेगरी यस्तो सीएसआरको रकम परिचालन गर्नेमा एनसेल अग्रणी रहेको छ।

images
images

काठमाडौं- दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) लाई सरकारको वृहत्तर लक्ष्यमा बल पुग्ने क्षेत्रमा केन्द्रित गर्दै आएको छ।

images
images
images

नेपालकै सबैभन्दा ठूलोमध्येको एक निजी क्षेत्रको कर्पोरेट एनसेलले पछिल्लो समयको सबैभन्दा चुनौतीको रुपमा उदाएको वातावरण अर्थात जलवायु परिवर्तनमा आफ्नो सीएसआरलाई केन्द्रित गर्दै आएको छ। 

वार्षिक रुपमा १५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने कुनैपनि कम्पनीले आफ्नो खुद नाफाको एक प्रतिशत रकम सामाजिक काममा खर्च गर्नुपर्ने प्रावधान रहेको छ। यस्तो खर्च सरकारले कानूनमा नै व्यवस्था गरेअनुरुप शिक्षा, स्वास्थ्य, वातावरणलगायतका विभिन्न अर्थपूर्ण क्षेत्रमा हुनुपर्ने प्रावधान छ। 

images

वृहत्तर राष्ट्रिय अभियान तथा योजनासँग एकाकार हुनेगरी यस्तो सीएसआरको रकम परिचालन गर्नेमा एनसेल अग्रणी रहेको छ। एनसेलले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा १८ परियोजना अर्थात ‘एटिन फर एटिन’ कार्यक्रम सार्वजनिक गरेको थियो।

images

उक्त कार्यक्रममा पनि वातावरण अर्थात जलवायु परिवर्तनसँग सम्बन्धित परियोजनाहरू रहेको एनसेलले जनाएको छ। एनसेलले दाङको ५ वटा विद्यालयमा ग्रिन स्कूलको अवधारणा विकास र कार्यान्वयनमा काम गरिरहेको छ।

'हामीले एक जिम्मेवार कर्पोरेट नागरिकको भूमिका निभाउँदै दिगो र वातावरणमैत्री सार्वजनिक पूर्वाधार, वृक्षारोपण, हरियाली प्रबर्द्धन तथा संरक्षण, वातावरणमैत्री अभ्यास, स्वस्थ जीवन र स्वच्छ सहरलगायत विभिन्न परियोजना सञ्चालन गरेको छौँ र यी परियोजनाहरूले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा जलवायु परिर्वतन न्यूनीकरणमा योगदान गर्दै आएको छ। यो सरकारको मात्र नभइ सबैको दायित्व हो,' एनसेलको कर्पोरेट कम्युनिकेसन तथा सीएसआर प्रमुख विशाखालक्ष्मी खड्काले भनिन्।

nncnc.png

आफ्नो कार्बन फुटप्रिन्ट घटाउनेदेखि लिएर सन् २०४५ सम्म देशलाई नै कार्बन न्युट्रल बनाउने सरकारको घोषित लक्ष्यलाई सहयोग पुग्नेगरी एनसेलले आफ्नो सीएसआर परिचालन गरिरहेको उनले बताइन्।

विशेष अवसरहरूमा तथा नियमित रुपमा एनसेलले क्लाइमेट एक्सन केन्द्रित परियोजनामा सहायता गर्दै आएको छ। बहुपक्षीय संस्था, सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा एसनेलले यस्तो काम गर्दै आएको हो।

संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी), नेपाल युवा परिषद, ललितपुर महानगर, डब्लू डब्लू एफ नेपाल, साइकल सिटी नेटवर्क नेपाल, मिथिला वाइल्ड लाइफ ट्रष्टलगायतका संस्थासँगको सहकार्यमा एनसेलले सहरदेखि समुदायसम्म काम गरिरहेको छ। 

WhatsApp Image 2024-07-29 at 1.10.57 PM.jpeg

सन् २०२४ को राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा एनसेलले नेपाल युवा परिषद र राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनसँगको सहकार्यमा वान युथ, वान प्लान्ट कार्यक्रमअन्तर्गत ७ हजार ७ सय युवाको संलग्नतामा ७ हजार ७ सय वृक्षारोपण गरेको थियो।

वन्यजन्तु संरक्षण नेपालको ‘वान मिलियन ट्रि’ क्यापेनमा सहयोग पुर्‍याउँदै थप ५ सय ५० वृक्षारोपण गरिएको थियो।

त्यस्तै एनसेलको १८औँ वार्षिकोत्सवको अवसरमा ललितपुर महानगरसँगको सहकार्यमा वडा नम्बर १ मा पर्ने बागमती करिडोरमा २ सय वटा वृक्षारोपण गरेको थियो। 

एनसेलले वन तथा भू-संरक्षण विभागसँगको सहकार्यमा काठमाडौं उपत्यकाको १०.२ किलोमिटर रिङरोड क्षेत्रको ग्रिन बेल्टमा ल्याण्डस्केपिङसहित वृक्षारोपण, हरियाली निर्माण र संरक्षणको काम गरिहेको छ। जुन सार्वजनिक निजी सहकार्यको एक उत्तम नमूना सावित भएको छ।

ncelll.png

त्यसैगरी सो खण्डमा ललितपुर महानगरपलिकाको सहकार्यमा वातावरण संरक्षण र सडक सुरक्षा सचेतना बोर्ड राख्ने काम पनि एनसेलले यसअघि नै गरेको थियो। 

वातावरण संरक्षणका क्षेत्रमा एसनेलले देशका अन्य भागमा पनि काम गरेको छ। जस्तै जनकपुरको धनुषाधाममा ५० हजार बिरुवा वृक्षरोपण गरेको थियो र यही कार्यक्रमको सफलता पछि सरकारले धनुषाधाम संरक्षित वनलाई खुला चरिचरण मुक्त क्षेत्र घोषणा पनि गरेको थियो । 

सामुदायिकबाहेक एनसेलले आफ्नै संरचनालाई पनि ऊर्जा किफायति बनाएर न्यून उत्सर्जन गर्नका लागि पर्याप्त लगानी र अग्रसरता लिएको छ।

ncell rukh.jpg

सन् २०२२ मा एनसेलले समग्रमा आफ्नो संरचनामा ४ प्रतिशत ऊत्सर्जन घटाउन सफल भएको थियो। विशेषगरी लिड एसिड ब्याट्रीलाई लिथियम आयन ब्याट्रीले प्रतिस्थापन गरेको थियो।

दूरसञ्चार कम्पनीका रुपमा सेवा सञ्चालन गर्दा उच्चमात्रामा ऊर्जाको खपत हुन्छ। राष्ट्रिय विद्युतको आपूर्ति नभएको ठाउँमा अरु इन्धन र ब्याट्रीको आवश्यकता पर्छ। यस्तोमा जति किफायति भयो उति उत्सर्जन न्यून हुन्छ।

ऊर्जा बचतका लागि एनसेलले २५० साइटमा हाइ इफिसेन्सी रेक्टिफाइर लागु गरेको थियो। त्यस्तै टावरहरूमा स्टिलको प्रयोग घटाउनका लागि व्यावसायिक साझेदार कम्पनीहरूसँगको सहकार्यमा काम भइरहेको खड्काले जानकारी दिइन् । 

WhatsApp Image 2024-07-29 at 1.10.58 PM-2.jpeg

त्यस्तै कम्पनीको आफ्नै फोहर व्यवस्थापनका लागि पनि डोको रिसाइकल्ससँगको सहकार्यमा 'साइन्टिफिक वेस्ट मेनेजमेन्ट सोलुसन' कार्यक्रम सञ्चालन गरेको छ। यसरी फोहर व्यवस्थापन गर्दा ल्यान्डिफिल साइटमा नपुगी प्रशोधन हुन्छ।

यूएनडीपीसँगको सहकार्यमा ग्रिनवे नामको साइक्लिङ ट्र्याक एप्लिकेसन विकास गरिएको थियो। यही परियोजनाअन्तर्गत एनसेलले देशका विभिन्न भागका छात्राहरूलाई विद्यालय आउन जान सजिलो होस् भनेर २ सय वटाभन्दा बढी साइकल पनि हस्तान्तरण गरेको थियो।

त्यस्तै साइकल फेन्डली पूर्वाधार निर्माणका लागि आवश्यक पैरवीमा पनि यही अवधारणमा काम भएको कम्पनीले जानकारी दिएको छ। यही एपबाट सन् २०२४ को मेमा १० हजार ८ सय १७ किलोमिटर ट्र्याक भएको थियो। यसबाट १ हजार ६ सय २२ केजी कार्बन उत्सर्जन बचत भएको थियो।

ncell cycle.jpg

युवाको क्षमता तथा उद्यमशिलता विकाशको प्रदेशस्तरीय कार्यक्रममा पनि एनसेलले दिगो विकासका लक्ष्य, वातावरण संरक्षण तथा स्थानीय उत्पादनको प्रवर्द्धनको विषयलाई प्राथमिकता राखेर युवाहरूमाझ वातावरण संरक्षणको काममा अघि बढ्न प्रोत्साहन र उत्तरदायी बनाउने काम पनि गरिरहेको जनाएको छ।

एनसेलले वातावरणबाहेक शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखि अन्य विभिन्न क्षेत्र जस्तै विपद् पूर्वतयारी तथा प्रतिकार्य, जीविकोपार्जन सहयोगलगायतका क्षेत्रहरूमा सामाजिक कामहरू गरेको छ। यस्ता सामाजिक कामहरूमा एनसेलले झण्डै २ अर्ब रुपैयाँ बराबरको योगदान गरिसकेको जनाएको छ।


प्रकाशित : सोमबार, साउन १४ २०८११४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend