काठमाडौं- सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
सामाजिक सञ्जालको दुरूपयोग गरी सम्पर्कमा आएका पीडितको रकम ठगी गरेको अभियोगमा झापा विर्तामोड नगरपालिका-९ घर भइ ललितपुर चाङथली बस्ने २३ वर्षीय पुरूषोत्तम भण्डारीलाई शुक्रबार प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको हो।
भण्डारीले पीडितहरुलाई क्यानडा लैजान्छु भनी प्रलोभन देखाएर विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाताहरूमा पटकपटक गरी ८४ लाख १५ हजार ६ सय २५ रूपैयाँ रकम पठाउन लगाइ ठगी गरेको प्रहरीले जनाएको छ।
उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।