शुक्रबार, असोज १८ गते २०८१    
images
images

५ बजेलाई सर्‍यो संसदीय सुनुवाइ समितिको बैठक, निर्वाचन आयुक्तमा प्रधानको नियुक्ति सिफारिससम्बन्धी निर्णय हुने

images
सोमबार, साउन १४ २०८१
images
images
५ बजेलाई सर्‍यो संसदीय सुनुवाइ समितिको बैठक, निर्वाचन आयुक्तमा प्रधानको नियुक्ति सिफारिससम्बन्धी निर्णय हुने

आज बिहान ११:३० बजेलाई तय भएको बैठक विशेष कारणवश सरेको संघीय संसद् सचिवालयले जनाएको छ।

images
images

काठमाडौं- संसदीय सुनुवाइ समितिको बैठक अपराह्न ५ बजेका लागि सरेको छ।

images
images
images

आज बिहान ११:३० बजेलाई तय भएको बैठक विशेष कारणवश सरेको संघीय संसद् सचिवालयले जनाएको छ।

समितिले यसअघि यही साउन ९ गते निर्वाचन आयुक्तमा प्रस्तावित नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानको संसदीय सुनुवाइ गरेको थियो। बैठकमा प्रस्तावित निर्वाचन आयुक्त प्रधानले आफ्नो अनुभव, योग्यता, क्षमतासहितको योजनासम्बन्धी अवधारणा र कार्ययोजना प्रस्तुत गरेका थिए।

images

संवैधानिक परिषद्ले गत असार २ गते उनको नाम निर्वाचन आयुक्तमा प्रस्ताव गरी संसदीय सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पठाएको थियो।

images

आजको बैठकले प्रधानको नियुक्ति सिफारिससम्बन्धी निर्णय गर्नेछ। रासस


प्रकाशित : सोमबार, साउन १४ २०८११२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend