काठमाडौं- पछिल्लो साता वाणिज्य बैंकहरुले ऋण विस्तारको तुलनामा निक्षेप संकलन बढाएका छन्।
नेपाल बैंकर एसोसिएसनको तथ्यांक अनुसार पुस ९ देखि १६ गतेसम्मको अधविमा वाणिज्य बैंकहरुले १४ अर्ब निक्षेप संकलन गरेका छन् भने ११ अर्बमात्र ऋण विस्तार गरेका छन्।
पछिल्लो समय ऋणको विस्तारको तुलनामा न्यून निक्षेप संकलन भएपछि बैंकहरुमा ऋण दिनसक्के रकमको अभाव भएको थियो।
बैंकिङ प्रणालीमा वैधानिक तरलता न्यून हुँदै गएपछि नेपाल राष्ट्र बैंकले पछिल्लो समय आयातमा कडाइ गरेको थियो।
यद्यपी यो पछिल्लो एक साताको तथ्यांककै आधारमा समस्या समाधान उन्मुख भएको मान्न सकिँदैन। यसअघि पनि कुनै हप्तामा निक्षेप बढी संकलन हुने गरेको थियो।