शुक्रबार, असोज १८ गते २०८१    
images
images

सिमलताल दुर्घटना : बस खोज्नेक्रममा हराएको चुम्बक भेटियो

images
सोमबार, साउन १४ २०८१
images
images
सिमलताल दुर्घटना : बस खोज्नेक्रममा हराएको चुम्बक भेटियो

बस खोजी गर्नका लागि नेपाल आएको भारतीय टोली भने आइतबार नै फर्किसकेका छन्।

images
images

चितवन- सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक (म्याग्नेट) फेला परेको छ। बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाइ ट्युब त्रिशूली नदीले बगाएर हराएको थियो।

images
images
images

उक्त चुम्बक आज बिहान काभ्रेघाटस्थित नारायणी नदीमा फेला परेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। चुम्बकसँगै लाइफ ब्वाइ ट्युब पनि फेला परेको उनले बताए।

गत असार २८ गते वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-२४९५ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा पहिरोसँगै  त्रिशूली नदीमा बेपत्ता भएको थियो।

images

बसमा सवार ६५ जनामध्ये तीनजना हामफालेर बाँच्न सफल भएका थिए भने ६२ जना बेपत्ता भएका थिए। हालसम्म २४ जनाको शव भेटिएको छ। तीमध्ये १८ जनाको पहिचान खुलेर परिवारलाई बुझाइसकिएको छ। अन्य छ शवको पहिचान खुल्न सकेको छैन। अझै ३८ यात्रु र बस भेटिएका छैनन्।

images

हराइरहेको बस खोज्न भारतीय टोली चितवन आएका थिए। उक्त टोलीले बस खोज्नका लागि १९ र १४ किलोका दुईवटा चुम्बक (म्याग्नेट) ल्याएका थिए। जसमध्ये शनिबार बस खोज्ने क्रममा १९ किलोको चुम्बक हराएको थियो।

बस खोजी गर्नका लागि नेपाल आएको भारतीय टोली भने आइतबार नै फर्किसकेका छन्। रासस


प्रकाशित : सोमबार, साउन १४ २०८१११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend