शनिबार, भदौ २९ गते २०८१    
images
images

एकैपटक ५२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सोधियो स्पष्टीकरण

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन १४ २०८१
images
images
एकैपटक ५२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सोधियो स्पष्टीकरण

कार्यालयले ती कम्पनीहरुलाीई ठेक्का किन नतोड्ने भनेर आफ्नो स्पष्टीकरण पेश गर्न १५ दिनको अन्तिम समय दिएको हो।

images
images

काठमाडौं- संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले एकैपटक ५२ वटा सडक तथा पुल निर्माणको ठेक्का लिएका कम्पनीलाई स्पष्टीकरण सोधेको छ। 

images
images
images

कार्यालयले ती कम्पनीलाई ठेक्का किन नतोड्ने भनेर स्पष्टीकरण पेश गर्न १५ दिनको अन्तिम समय दिएको हो। 

विभिन्न मितिमा ठेक्का सम्झौता गरेर काम लिएका निर्माण कम्पनीले काम नै नगरेको वा काम अधुरो पारेर छाडेकाले कार्यालयले ठेक्का तोड्नु नपर्ने कारण भए लिखित रुपमा जवाफ पेश गर्न भनेको हो।

कार्यालय मातहतमा लागेका ५२ वटा सडक तथा पुल निर्माण लामो समयदेखि अलपत्र अवस्थामा रहेपछि कार्यालयले ठेक्का तोडेर नयाँ प्रक्रिया सुरु गर्ने तयारी गरेको छ।

images

यसअघि पटक पटक लिखित तथा मौखिक रुपमा काम गर्न आग्रह गर्दा समेत निर्माण कम्पनीहरुले चासो नदिएकाले कार्यालयले अन्तिम पटक १५ दिने सूचना जारी गरेर जवाफ पेश गर्न भनेको छ। 

निर्माण कम्पनीले पेश गरेको स्पष्टीकरण चित्त बुझ्दो नभए वा स्पष्टीकरण पेश नगरे सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ र ठेक्का सम्झौताको सर्तमा भएको प्रावधान बमोजिम टर्मिनेसन क्लजअनुसार ठेक्का तोडी कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बडाइने कार्यालयले जनाएको छ।

52 thekka.PNG


प्रकाशित : सोमबार, साउन १४ २०८११०:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend