बुधबार, मंसिर १९ गते २०८१    
images
images

सिद्धबाबा सुरुङ बनाउन ४ कम्पनी योग्य, आर्थिक प्रस्ताव माग

images
मंगलबार, पुस २० २०७८
images
images
सिद्धबाबा सुरुङ बनाउन ४ कम्पनी योग्य, आर्थिक प्रस्ताव माग

ठेक्का पाउने कम्पनीले निर्माण सम्मपन्न्न भएको ५ वर्षसम्म सञ्चालन तथा मर्मत समेत गर्नुपर्ने छ। 

images
images

काठमाडौं- सडक विभाग सिद्धार्थ राजमार्ग अन्तर्गत निर्माण हुने सिद्धबाबा सुरुङ निर्माणका लागि ४ निर्माण कम्पनीलाई योग्य ठहर गरेको छ। ती नै योग्य कम्पनीहरुलाई आर्थिक प्रस्ताव पेस गर्न भनेको छ। 

images
images
images

सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले सिद्धबाबा सुरुङ बनाउन चाइना फस्ट हाइवे इन्जिनियरिङ कम्पनी, सीओभीईसी/सीआरईजीसी जेभी, चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी र सीसीईसीसी/सीआरसीसी १४/एसआईवाईयूएएन जेभी योग्य कम्पनीका रुपमा छनोट गरेको हो। मंगलबार सार्वजनिक आह्वान मार्फत केन्द्रले छनोट भएका कम्पनीहरुलाई आर्थिक प्रस्ताव पेस गर्न भनेको हो। 

images

विभागले सिद्धबाबा सुरुङ प्लानिङ, डिजाइन, इन्जिनियरिङ तथा कन्स्ट्रक्सन मोडालिटीमा बनाउने गरि टेन्डर आह्वान गरेको थियो। ठेक्का पाउने कम्पनीले निर्माण सम्मपन्न्न भएको ५ वर्षसम्म सञ्चालन तथा मर्मत समेत गर्नुपर्ने छ। 

images

योग्य कम्पनीहरुले गरेको आर्थिक प्रस्ताव यही पुस २८ गते सडक विभागमा खोलिने समेत जनाइएको छ। 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिद्धबाबा सुरुङ निर्माणका धेरै अघि स्रोत सुनिश्चितता मागेको भएपनि अर्थ मन्त्रालयले २०७६ मा स्रोत सुनिश्चितता दिएको थियो।  

ईपीसी मोडलमा सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्न अर्थमन्त्रालयले १० अर्ब १५ करोड रुपैयाँको स्रोत सुनिश्चितता दिएको थियो। सुरुङ मार्ग निर्माणका लागि राष्ट्रिय योजना आयोगबाट स्वीकृत बहुवर्षिय ठेक्का मापदण्ड २०७६ बमोजिमको प्रक्रिया पुरा गरि कार्य गर्न अर्थले स्वीकृति दिएको थियो।  

सो मापदण्डले तोकेको प्रक्रिया पुरा गरि डीपीआर बमोजिम हुने गरि डिजाइन, निर्माण तथा सञ्चालन र मर्मत गर्ने कार्यमा प्राविधिक सेवाको सुनिश्चित गरि लागत अनुमान बमोजिम प्रत्येक वर्ष खर्च हुने अनुमानित रकम मध्यकालिन खर्च संरचनामा समावेश गरि सोही बमोजिम बहुवर्षिय ठेक्काबाट निर्माण खरिद प्रक्रिया अघि बढाउन सहमति प्रदान गरेको थियो। 

सिद्धार्थ राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करिब ४ किलोमिटर क्षेत्र पहिरोको अति जोखिम क्षेत्र मानिन्छ। यसैलाई मध्यनजर गरी माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको एक किलोमिटर तिनसय मिटर क्षेत्रमा स्वीस सरकारको विकास सहयोगमार्फत सुरुङ मार्ग निर्माणको लागि भौगर्भिक अध्ययन थालिएको थियो। 

यो सडकखण्डलाई पहिरोबाट सुरक्षित बनाउने बारे यसअघि विभिन्न अध्ययन तथा प्रयोगहरु गरिएपनि सफल नभएपछि अहिले ड्रिलिप नेपालले सुरुङ मार्गका लागि गुरु योजनाको काम गर्नुपूर्व भौगर्भिक अध्ययन थालेको हो।

भौगर्भिक अध्ययनको लागि स्वीस डेभलेपमेन्ट कोअपरेसनले ५० लाख रुपैयाँ आर्थिक सहयोग समेत गरेको थियो। प्रारम्भिक अध्ययन नतिजामा सो क्षेत्रमा स्यानस्टोन र मडस्टोन खालको चट्टान भेटिएको छ। यसअघि भएको प्रारम्भिक अध्ययनमा सुरुङसहित रकनेट, रकसेट, हाफ टनेल, बेन्च कट सहितका ६ वटा विकल्प दिइएको थियो।

स्वीस सरकारले सुरुङमार्गको अध्ययन र गुरुयोजना निर्माणमा सहयोग गरेको थियो। चट्टान परीक्षणका लागि सिद्धवावा क्षेत्रका पाँच स्थानमा ९० मिटरसम्मको प्वाल खोलेर चट्टान बाहिर निकालिएको छ। तीन किलोमिटरमा सुरुङ मार्ग बनाइने भएकाले त्यही क्षेत्रको चट्टान परीक्षण गरिएको हो।


प्रकाशित : मंगलबार, पुस २० २०७८०५:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend