शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

सहर बढाउने भनेर २०२८ सालमा जिविसले बेचेको घडेरी, किन्नेले अहिलेसम्म पाएनन् लालपुर्जा

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन १४ २०८१
images
सहर बढाउने भनेर २०२८ सालमा जिविसले बेचेको घडेरी, किन्नेले अहिलेसम्म पाएनन् लालपुर्जा

स्थानीय निर्वाचनपछि जिल्ला समन्वय समिति गठन भएपछि निकास पाउने आशामा रहेका घडेरी किनेका जग्गाधनीले पटक-पटक समितिमा माग गरेपनि समस्याको समाधान हुन नसकेको हो।

images
images

उदयपुर- ५३ वर्ष पहिले तत्कालीन जिल्ला विकास समितिले सहर बनाउने योजनाका साथ बिक्री भएका घडेकी किन्नले अहिलेसम्म पनि लालपुर्जा पाएका छैन्। जिविसले विसं २०२८ जिल्लामा सहर बढाउने उद्देश्यले घडेरी बिक्री गरको थियो।

images
images
images

तत्कालीन समयमा गाईघाटस्थित त्रियुगा नगरपालिका र  पश्चिमी भेगमा बजार रहेको कटारी नगरपालिकामा घडेरी बिक्री गरिएको थियो। 'लालपुर्जा नभएपछि ऐलानी जग्गाका रुपमा कारोबार भएको छ', कटारीका अस्मित पौडेलले भने, 'लालपुर्जा पाउनका लागि पटक-पटक पहल गर्दा पनि पाउन सकेनौँ।'

images
images

त्यो समयमा कटारी बजारमा मात्रै एकसय चारवटा घडेरी जिविसले बिक्री गरेको थियो। 'जिविसमै गएर नामसारी कागज बनाएर घडेरी किनेका थियौँ', कटारीकै शत्रुधनप्रसाद जयसवालले भने, 'लालपुर्जा आउला र सहज होला भन्ने थियो अझै पाएनौँ।'

images
images

स्थानीय निर्वाचनपछि जिल्ला समन्वय समिति गठन भएपछि निकास पाउने आशामा रहेका घडेरी किनेका जग्गाधनीले पटक-पटक समितिमा माग गरेपनि समस्याको समाधान हुन नसकेको हो। 

एक वर्षदेखि त जिल्ला समन्वय समितिले कर पनि उठाउन छोडेको छ। जग्गा किनेको कागज र बिटौरी कर बर्सेनि तिरेको रसिद धितोमा राखेर घडेरीदाताले बैँकबाट ऋण लिने गरेको कटारीका सुरेन्द्रप्रसाद जयसवालले बताए। 'जिससले कर लिन छोडेपछि रसिद पाउने कुरा भएन रसिद नभएपछि बैँकले ऋण नवीकरण गर्दैन्', जयसवालले भने, 'बैंकले अब कर्जा तिर्न वा कर तिरेको रसिद लिएर आउनु भन्न थालिसक्यो।'

जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरबबहादुर विश्वकर्माले महालेखा परीक्षकको कार्यालयले कुनै पनि कर लिन पाउने अधिकार छैन भनेपछि लिन छोडेका बताए। 'तपाईंहरुले कर लिन पाउनुहुन्न भनेपछि लिन छाडेका हौँ', प्रमुख विश्वकर्माले भने, 'कानून नै नभएपछि समस्या भएको छ।'

लालपुर्जा नपाएपछि उदयपुरका घडेरीदाताले संघर्ष समिति गठन गरेका छन्। पहिलेदेखि नै व्यक्तिगतरुपमा पहल गर्दै आएका घडेरीदाता अब भने सङ्गठित भएका हुन्। उनीहरुले भीमचन्द्र राईको संयोजकत्वमा जिल्लास्तरीय समिति गठन गरेका छन्। त्यसैगरी कटारीमा जमानसिंह बस्नेतको संयोजकत्वमा समिति गठन गरिएको छ। 

पहिलो चरणमा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष माग बुझाउन जाने तयारी भएको जिल्लास्तरीय समितिका सह-संयोजक प्रकाश थापाले बताए। प्रधानमन्त्रीसँगको छलफलपछि मात्रै अन्य प्रक्रिया अघि बढाउने समितिको निर्णय छ। रासस


प्रकाशित : सोमबार, साउन १४ २०८११०:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend