शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

प्रधानमन्त्रीले सात घण्टा सुने सचिवहरूको प्रस्तुति, निर्देशन दिन भ्याएनन्

images
आइतबार, साउन १३ २०८१
images
images
प्रधानमन्त्रीले सात घण्टा सुने सचिवहरूको प्रस्तुति, निर्देशन दिन भ्याएनन्

प्रधानमन्त्री ओलीले मंगलबार फेरि सबैलाई बोलाएका छन्। मंगलबार प्रधानमन्त्रीले निर्देशन दिने वा थप जानकारी लिन सक्ने बताइएको छ।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज सात घण्टा लगाएर सचिव तथा विभिन्न विभागीय प्रमुखको प्रस्तुति सुनेका छन्। 

images
images

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्री, सचिव तथा विभागीय प्रमुखलाई बोलाएर सम्बन्धित निकायको प्रगति, क्षेत्रगत जानकारीका बारेमा प्रगति विवरण प्रस्तुत गर्न निर्देशन दिइएको थियो। 

images
images

प्रत्येकलाई १० मिनेटको समय छुट्याइएको थियो यद्यपि यसमा कसैले धेरै समय लिएका थिए। दुईजनाबाहेक अधिकांशले त्योभन्दा धेरै समय लगाएर प्रस्तुति दिएका थिए।

images
images
images

सबैको प्रस्तुति ध्यानपूर्वक सुनेका प्रधानमन्त्री ओलीले आज निर्देशन दिन भने भ्याएनन्। आजै ब्रिफिङ लिएर निर्देशन दिने भनिएपनि समय अभावका कारणले आज सुन्ने र बुझ्नेमात्र काम भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारि दिएको छ।

आज आएका जानकारी र तयारीको सबै विषय टिपोर्ट भएको र यसैका आधारमा प्रधानमन्त्रीले निर्देशनको तयारी गर्नेछन्। 

यही आधारमा प्रधानमन्त्री ओलीले मंगलबार फेरि सबैलाई बोलाएका छन्। मंगलबार प्रधानमन्त्रीले निर्देशन दिने वा थप जानकारी लिन सक्ने बताइएको छ। 


प्रकाशित : आइतबार, साउन १३ २०८११९:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend