शुक्रबार, असोज १८ गते २०८१    
images
images

दुर्घटना न्यूनीकरण र भ्रष्टाचार नियन्त्रणका लागि निष्पक्ष छानबिन गर्न सांसदको माग

images
आइतबार, साउन १३ २०८१
images
images
दुर्घटना न्यूनीकरण र भ्रष्टाचार नियन्त्रणका लागि निष्पक्ष छानबिन गर्न सांसदको माग

सांसद अशोककुमार चौधरीले भ्रष्टाचार तथा अनियमितताको छानबिन गर्ने प्रहरी कर्मचारीलाई समयअगावै सरुवा गरिएकामा गुनासो गरे।

images
images

काठमाडौं- प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको उचित छानबिनगरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

images
images
images

आजको बैठकको शून्य समयमा सांसदहरुले विभिन्न दुर्घटनामा जनधनको क्षति हुनु दुःखद् भएको उल्लेख गर्दै सौर्य एयरलाइन्स दुर्घटना र चितवनको सीमलतालमा भएको बस दुर्घटनामा निधन भएका नागरिकप्रति विभेद भएको भन्दै आपत्ति प्रकट गरे।

सांसद अनिसा नेपालीले सौर्य एयरलायन्स दुर्घटनामा ज्यान गुमाउनेप्रति सरकारले श्रद्धाञ्जली दिए पनि सीमलताल बस दुर्घटनामा ज्यान गुमाउने नागरिकलाई स्मरणसमेत नगरेर सरकारले विभेद गरेकामा आपत्ति प्रकट गरिन्। 

images

सांसद अम्मरबहादुर थापाले देशभर भएका दुर्घटनाबाट ठूलो जनधनको क्षति भएको भन्दै सरकारले समस्या समाधानतर्फ कुनै चासो नराखेको गुनासो गरे। सांसद अमृतलाल राजवंशीले गत असार २८ गते बस दुर्घटनामा परी ज्यान गुमाउने र सौर्य एयरलाइन्स दुर्घटनाको उचित छानबिनको माग गरिन्। 

images

सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचार नियन्त्रणका लागि निष्पक्ष र पारदर्शी छानबिनगरी जनतालाई आशा र भरोसा प्रदान गर्न माग गरे। सांसद अशोककुमार चौधरीले भ्रष्टाचार तथा अनियमितताको छानबिन गर्ने प्रहरी कर्मचारीलाई समयअगावै सरुवा गरिएकामा गुनासो गरे। 

सांसद असिम साहले सौर्य एयरलाइन्स दुर्घटनामा मानवीय तथा भौतिक क्षतिका अलावा मानवीय समवेदना पनि घाइते भएको बताए। सांसद ईश्वरी घर्तीले विद्युतीय कारोबारका कारण दैनिक जनजीवन सहज भए पनि पछिल्ला दिनमा अवैध धन्दा मौलाएकाले नियमन गर्न माग गरिन्।

सांसद ईश्वरीदेवी न्यौपानेले सीमलताल बस र सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिन्। सांसद उर्मिला माझीले भुटानी शरणार्थी प्रकरणको छानबिनमा संलग्न उच्च प्रहरी कर्मचारीको समयअगावै सरुवा गरिएको भन्दै आपत्ति प्रकट गरिन्।

सांसद एकनाथ ढकालले चालु आवको मौद्रिक नीतिले कर्जा विस्तार बढाउने र आर्थिक विकासलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए। सांसद कान्तिका सेजुवालले देशका विभिन्न स्थानमा विपद् र दुर्घटनाका कारण ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गरिन्। 

सांसद कालुराम राईले राजधानी काठमाडौंको सडकपेटीको नाला खुला राख्दा दुर्घटनाको जोखिम बढेकामा सरकारको ध्यानाकर्षण गराए। सांसद किरणकुमार साहले पछिल्ला दिनका दुर्घटनाले नागरिकको सुरक्षामा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए। 

सांसद गंगा कार्कीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई विद्युत् महसुल उठाउनका लागि सहज वातावरण बनाइदिनुपर्ने बताइन्।

सांसदहरु अमृता अग्रहरि, कुसुमदेवी थापा, गोमालाभ सापकोटा, चन्द्रकान्त भण्डारी, चन्द्रबहादुर विश्वकर्मा, छिरिङ डम्डुल लामा भोटे, जावेदा खातुन, जीवन परियार, जुली महतोलगायतले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले नेपालको आकाश असुरक्षित रहेको भन्ने विश्वव्यापी रुपमा सन्देश गएकामा सरकारको ध्यानाकर्षण गराएका थिए। रासस


प्रकाशित : आइतबार, साउन १३ २०८११५:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend