शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

काठमाडौं आइपुग्यो टाटाको पन्च ईभी, मूल्य कति?

फाइभ स्टार सेफ्टी रेटिङ पाएको पन्च ईभी

आइतबार, साउन १३ २०८१
काठमाडौं आइपुग्यो टाटाको पन्च ईभी, मूल्य कति?

पन्च ईभी टप भेरियन्टको मूल्य ४० लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ।

काठमाडौं- टाटा मोटर्सले उत्पादन गरेको नयाँ विद्युतीय कार 'टाटा पन्च ईभी' काठमाडौं आइपुगेको छ। नेपालमा पन्च ईभी पर्खेर बस्ने उपभोक्ताको संख्या ठूलो रहेको छ।  

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले पन्च ईभी नाडा अटो शो २०२४ मार्फत सार्वजनिक गर्ने योजनासमेत बनाएको छ। पन्च ईभी टप भेरियन्टको मूल्य ४० लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ। 

पन्च ईभी टाटा मोटर्सको चौथो ईभी हो। यसअघि टाटा मोटर्सले नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभी बजारमा ल्याएको थियो। नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभी नेपाली बजारमा पनि बिक्री भइरहेका छन्। टियागो ईभी सिप्रदीले नाडा अटो शो २०२३ मा नेपाली बजारमा ल्याएको थियो। 

टाटाले पन्च ईभी डेडिकेटेड ईभी प्लेटफर्म एक्टिभ (एक्टिडटईभी)मा तयार पारेको हो। यो प्लेटफर्म टाटा आफैले विद्युतीय सवारी उत्पादनका लागि बनाएको हो। अब आउने टाटाका ईभीहरु कर्भ, ह्यारियर पनि यही प्लेटफर्ममा उत्पादन हुनेछन्।

त्यस्तै टाटा मोटर्सले एभेन्या ब्रान्ड नेममा प्रिमियम ईभी बजारमा ल्याउने समेत घोषणा गरिसकेको छ। यसका लागि अर्को नयाँ प्लेटफर्म बन्ने अनुमान गरिएको छ। 

punch tata ev (2).jpg

फाइभ स्टार सेफ्टी रेटिङ पाएको पन्च ईभी

भारत एनसीएपी परीक्षणमा टाटाका दुई एसयूभी नेक्सन ईभी र पन्च ईभीले फाइभ स्टार रेटिङ पाएका हो। 

टाटा पन्च ईभीले बयस्कको लागि तय भएको ३२ अंकमा ३१.४६ अंक ल्याउन सफल भएको छ भने बालबालिकाका लागि तय भएका ४९ अंकमा पन्च ईभीले ४५ अंक पाएको हो।

अगाडिको ब्यारियर टेस्टमा पन्च ईभीले १६ मा १४.२६ अकं पायो भने साइड मुभेवल डिफर्मेबल ब्यारियर टेस्टको २४ अकंमा २३.९५ अंक पाएको हो। चाइल्ड रेस्टरेन्टमा १२ मा १२ र भेहिकल एसिसमेन्टमा १३ मा ९ अकं पाएको हो।

punch tata ev (3).jpg

टाटाको पन्च ईभी कम्पनीले नै विकास गरेको एक्टिभ (एक्टिडटईभी) प्लेटफर्ममा बनेको पहिलो विद्युतीय कार हो। यही प्लेटफर्ममा टाटाको नयाँ आउने कर्भ ईभी र ह्यारियर ईभी आउने छन्। 

५ सिट क्षमताको पन्च ईभीमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोलसहितको एन्टिलक ब्रके, आईएसओफिक्स चाइल्ड सिट माउन्टस्, सबै सिटमा थ्री-प्वाइन्ट सिटबेल्टलगायत विशेषताहरु रहेका छन्।

punch tata ev (6).jpg

पन्च ईभीमा फेसलिफ्ट नेक्सन ईभीमा जस्तै परिस्क्रित इन्टेरियरमा आएकोछ। पन्च ईभीमा ठूलो आकारको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टमसहित एप्पल कारप्ले, एन्ड्रोइड र इन कार कनेक्टेड टेक रहेका छन्। त्यस्तै अन्य विशेषताहरुमा टू स्पोक फ्याट बटन स्टेरिङ ह्वील, पूर्णडिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ६ एयरब्याग, ३६० डिग्री क्यामेरालगायन छन्। 

टाटा पन्च ईभी जिपट्रोन प्रविधिमा आधारित हुने र दुई ब्याट्री अप्सन २५ किलोावाट आवर र ३५ किलोवाट आवरमा उपलब्ध छ। नेपाल आएको पन्च ईभी ३५ किलोवाट आवरको ब्याट्रीयुक्त हो। ५ सिट क्षमताको यो विद्युतीय एसयूभीले एक पटकको फुल चार्जमा ३ सय १५ देखि ४ सय २१ किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ। पन्च ईभी नेक्सन ईभीभन्दा तल र टियागो तथा टिगोर ईभीभन्दा ठूलो कार हो। 

punch tata ev (7).jpg

टाटा मोटर्सले २०२६ सम्ममा १० वटा विद्युतीय कार बजारमा ल्याउने योजना बनाएको छ। भारतीय बजारमा विद्युतीय गाडीको माग बढ्दै गएको छ।

उपभोक्ताको यही चाहनालाई ध्यानमा राखेर टाटाले अटो एक्सपो २०२३ मा पन्च ईभी, अल्ट्रोज ईभी तथा अभेन्या र कर्भ ईभी कन्सेप्ट सार्वजनिक गरेको थियो।

punch tata ev (5).jpg

टाटाले विद्युतीय गाडीसँगै चार्जिङ स्टेसनलगायतका पूर्वाधारमा पनि लगानी बढाइरहेको छ। त्यसैले पनि टाटाका विद्युतीय कारप्रति उपभोक्ताको विश्वास बढ्दै गएको छ।

नेपालमा पनि सिप्रदीले विद्युतीय सवारीका लागि ठूलो संख्यामा चार्जिङ पूर्वाधार, नेपालमै पहिलो ब्याट्री रिपेयर सेन्टर तथा ईभी डेडिकेटेड वर्कशप सञ्चालन गरिसकेको छ। 


प्रकाशित : आइतबार, साउन १३ २०८११५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend