काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ। सोमबार ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ९ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि मंगलबार तोलामा १५ रपैयाँ घटेको छ। सोमबार १२ सय ६५ रुपैयाँमा कारोबार भएकोमा चाँदीको मूल्य मंगलबारका लागि १२ सय ५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।