शुक्रबार, असोज १८ गते २०८१    
images
images

पहिरोले कान्ति लोकपथ अवरुद्ध

images
आइतबार, साउन १३ २०८१
images
images
पहिरोले कान्ति लोकपथ अवरुद्ध

कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका-२ पाङ्धुरे र छबेनीमा शनिबार राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो।

images
images

मकवानपुर- काठमाडौं र हेटौँडालाई जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ। कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका-२ पाङ्धुरे र छबेनीमा शनिबार राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो।

images
images
images

यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिका-८ अन्तर्गत पर्ने कान्ति लोकपथको सिरानचोकमा पहिरो जाँदा हेटौँडाबाट ठिगनतर्फको यातायात सेवा पनि अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए। पाङ्धुरे र छबेनीमा गएको पहिरो हटाउने काम भइरहेको छ।

अहिले त्रिभुवन राजपथ, हेटौँडा कुलेखानी हुँदै काठमाडौंतर्फ जाने मातातीर्थ, फाखेल र सिस्नेरी सडकमा यातायात सेवा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। रासस

images


प्रकाशित : आइतबार, साउन १३ २०८११३:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend