शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

विकास र समृद्धि सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री गुरुङ

images
आइतबार, साउन १३ २०८१
images
विकास र समृद्धि सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री गुरुङ

जनताको सेवा गर्नु सरकारको दायित्व भएकाले जनताको चाहनाअनुरुप सरकारले विकास गर्ने सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

images
images

लमजुङ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र समृद्धि सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन्।

images
images
images

प्रेस चौतारी नेपाल, जिल्ला शाखा लमजुङले आज बेँसीसहर नगरपालिका-७ मनाङे चौतारामा आयोजना गरेको उनको सम्मान तथा भेटघाट कार्यक्रममा जनताको सेवा गर्नु सरकारको दायित्व भएकाले जनताको चाहनाअनुरुप सरकारले विकास गर्ने सञ्चारमन्त्री गुरुङले बताए।

images
images

विभिन्न समयमा कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेको बताउँदै सञ्चारमन्त्री गुरुङले अहिले स्थिरता र जनतामा आशाको सञ्चार गर्न पुनः मिलेकाले सोही अनुरुप सरकारले विकास र समृद्धिको गति बढाउने विश्वास व्यक्त गरे। 

images
images

उनले सरकारमा अशोक राई, उपेन्द्र यादवलगायत नेतृत्वका पार्टीहरु पनि सामेल हुने जानकारी दिए। उनले सुशासनका लागि डिजिटल नेपाल आवश्यक रहेको धारणा राखे। आगामी एक वर्षभित्रै सञ्चारजगत्का लागि आवश्यक ऐन, नियमहरू निर्माण गरिसक्ने बताउँदै उनले अहिलेको सूचना, प्रविधिको विकाससँगै समयअनुकूल हुनेगरी नयाँ ऐन, कानूनहरू तर्जुमा गरिने उल्लेख गरे।

सञ्चारमन्त्री गुरुङलाई प्रेस चौतारी लमजुङका उपाध्यक्ष सुरज गुरुङलगायतले शाखाका तर्फबाट सम्मानपत्र प्रदान गरेका थिए। सो कार्यक्रममा पत्रकार कृष्ण केसी, मीना गुरुङ, नवराज पहाडी, मिलन शर्मालगायतले सञ्चारमाध्यम र पत्रकारहरुको अवस्थाका बारेमा जानकारी गराएका थिए।

त्यसैगरी नेपाल कम्युष्टि पार्टी (एमाले ) लमजुङले पनि आजै बधाई तथा सम्मान कार्यक्रम आयोजना गरी सञ्चारमन्त्री गुरुङलाई सम्मान गरेको छ। रासस


प्रकाशित : आइतबार, साउन १३ २०८११३:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend