शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

डुम्रे-बेँसीसहर-चामे सडक अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन १३ २०८१
images
डुम्रे-बेँसीसहर-चामे सडक अवरुद्ध

सडक अवरुद्ध हुँदा बेँसीसहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाडौं, पोखरा, चितवनलगायत स्थान प्रस्थान गर्ने तथा उक्त स्थानबाट बेँसीसहर आवातजावत गर्ने सवारीसाधन अलपत्र परेका छन्।

images
images

लमजुङ- पहिरोले डुम्रे-बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ। गए रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो।

images
images
images

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार तनहुँतर्फ बेँसीसहर नगरपालिका-१ दलाल र मनाङतर्फ सोही पालिका-६ खरखरे भिरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ। खरखरे  भिरमा ठूला-ढुङ्गासहितको पहिरो खसेको छ। उक्त सडकका विभिन्न भागमा पहिरो खस्ने क्रम रोकिएको छैन।

images
images

सडक अवरुद्ध हुँदा बेँसीसहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाडौं, पोखरा, चितवनलगायत स्थान प्रस्थान गर्ने तथा उक्त स्थानबाट बेँसीसहर आवातजावत गर्ने सवारीसाधन अलपत्र परेका छन्। रासस

images
images


प्रकाशित : आइतबार, साउन १३ २०८१०९:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend