शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा ३१ अर्बभन्दा बढी रकम बाहिरियो

images
शनिबार, साउन १२ २०८१
images
स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा ३१ अर्बभन्दा बढी रकम बाहिरियो

एक वर्षमा २९ लाख ९६ हजार दुई सय २९ वटा हेडफोन आयात गर्दा सरकारले २१ करोड नौ लाख २३ हजार भन्सार राजस्व संकलन गरेको छ।

images
images

काठमाडौं- गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब साढे ३१ अर्ब रूपैयाँ बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा स्मार्टफोन छ।

images
images
images

गत आवमा स्मार्टफोन आयातमा मात्र २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार रूपैयाँ बराबर बाहिरिएको हो। यस अवधिमा १८ लाख ३९ हजार ३५ सेट स्मार्टफोन नेपाल भित्रिएका छन्। स्मार्टफोनको आयात सरकारले पाँच अर्ब ३३ करोड ९४ लाख रूपैयाँ बराबर भन्सार राजस्व उठाएको पनि विभागको तथ्यांकबाट देखिन्छ। गत आवमा एक अर्ब ४२ करोड ९० लाख ८५ हजार रूपैयाँ बराबरको १७ लाख ५८ हजार छ सय ९० सेट टेलिफोन आयात भएका छन्।

images
images

त्यस्तै, हेडफोन आयातमा मात्र ६५ करोड ९३ लाख २८ हजार रूपैयाँ विदेशिएको छ। एक वर्षमा २९ लाख ९६ हजार दुई सय २९ वटा हेडफोन आयात गर्दा सरकारले २१ करोड नौ लाख २३ हजार भन्सार राजस्व संकलन गरेको छ। 

images
images

गत आवमा ५० करोड ७१ लाख ६३ हजार बराबरको ४३ लाख ८२ हजार आठ सय ३९ वटा चार्जर आयात भएको छ।

चार्जर आयातबाट मात्र १५ करोड ५७ लाख १० हजार राजस्व संकलन भएको छ।

गत आवमा ३५ करोड ५१ लाख ४८ हजार रूपैयाँ बराबरको दुई लाख ३९ हजार छ सय ६९ वटा स्मार्टवाच आयात भएको छ। रासस


प्रकाशित : शनिबार, साउन १२ २०८११६:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend