शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीलाई कोरियन विश्वविद्यालयको तीन हजार डलरको छात्रवृत्ति

images
शनिबार, साउन १२ २०८१
images
images
पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीलाई कोरियन विश्वविद्यालयको तीन हजार डलरको छात्रवृत्ति

विद्यार्थी तथा प्राध्यापक आदानप्रदान कार्यक्रममा कोरिया जाने प्रक्रिया सुरू भइसकेको क्याम्पस प्रमुख महेशप्रसाद निरौलाले जानकारी दिए।

images
images

विराटनगर- कोरियन विश्वविद्यालयले पूर्वाञ्चल विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षा अध्ययरत विद्यार्थीलाई वार्षिक तीन हजार अमेरिकी डलरको छात्रवृत्ति दिने भएको छ। 

images
images

लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेशनल को अपरेसन चाङवन युनिभर्सिटी दक्षिण कोरियाका निर्देशक प्राध्यापक प्रा योङ जङ र पूर्वाञ्चल विश्वविद्यालय शिक्षा संकायका डीन प्रा डा अनिल पोखरेलबीच शुक्रबार विराटनगरमा छात्रवृत्ति सम्बन्धमा हस्ताक्षर भएको हो।

images
images

कोरियन विश्वविद्यालयले यसअघि वार्षिक तीन सय अमेरिकी डलर छात्रवृत्ति दिँदै आएकामा १० गुणा बढाएर तीन हजार डलर पुर्‍याएको हो। कोरियन विश्वविद्यालयले छात्रवृत्ति रकम १० गुणा बढाएकामा डीन पोखरेलले कोरियाली विश्वविद्यालय र प्रा जङलाई धन्यवाद ज्ञापन गरे।

images
images
images

प्राध्यापक जङले विशेष आवश्यकता शिक्षाका विद्यार्थी तथा प्राध्यापकसँग अन्तरक्रियासमेत गरेका छन्। पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा विजुकुमार थपलियाको निमन्त्रणा स्वीकार गर्दै प्राध्यापक जङले पूर्वाञ्चल विश्वविद्यालयका आङ्गिक क्याम्पस र केन्द्रीय कार्यालयको अवलोकन भ्रमण गरेका छन्।

विशेष आवश्यकता शिक्षाको स्नातक तहको अध्यापन पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पस पुष्पलाल चोकमा हुँदै आएको छ। विद्यार्थी र प्राध्यापक आदान प्रदान कार्यक्रमअन्तर्गत विशेष आवश्यकता शिक्षामा अध्ययनरत तीन विद्यार्थी र एक प्राध्यापक केही सातापछि कोरिया जाँदैछन्। विद्यार्थी तथा प्राध्यापक आदानप्रदान कार्यक्रममा कोरिया जाने प्रक्रिया सुरू भइसकेको क्याम्पस प्रमुख महेशप्रसाद निरौलाले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, साउन १२ २०८११४:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend