शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

पेरिस ओलम्पिक २०२४ मा ९ अर्ब डलर खर्चको प्रक्षेपण : ओलम्पिक आयोजना गर्न कुन देशले कति रकम खर्चिए?

images
शनिबार, साउन १२ २०८१
images
images
पेरिस ओलम्पिक २०२४ मा ९ अर्ब डलर खर्चको प्रक्षेपण : ओलम्पिक आयोजना गर्न कुन देशले कति रकम खर्चिए?

सबैभन्दा महँगो सोची विन्टर ओलम्पिक ५९ अर्ब ७० करोडल अमेरिकी डलर खर्च भएको थियो भने २००२ को सल्ट लेक सिटी विन्टर ओलम्पिकमा २ अर्ब ९० करोड डलरमात्र खर्च भएको थियो।

images
images

काठमाडौं- खेलकुदप्रति सबैको चासो हुन्छ। खेल्न सक्नेहरु सहभागिताका लागि तयारी गर्छन्, पालो आएपछि आयोजक देश संरचानादेखि सबै पूर्वाधारको तयारीमा लाग्छन् भने समर्थकहरु मिलेसम्म स्टेडियममै पुग्ने कोशिस गर्छन्। त्यति भएन भने टेलिभिजन स्क्रिनमा हेर्न आतुर हुन्छन्।

images
images
images

खेलको आफ्नै किसिमको अर्थतन्त्र पनि छ। आयोजकले संरचना बनाउन खर्चन्छ, टिकट र विज्ञापनबाट आम्दानी पनि गर्छ र लाखौँ मानिसहरुको आवतजावत हुने भएकाले आयोजना हुने देशमा सबै प्रकारका व्यापार बढ्छ। यसका लागि आयोजना गर्न भने मोटो धनराशि लगानी गर्नु अनिवार्य छ।

अहिले फ्रान्सको पेरिसमा पेरिस ओलम्पिक २०२४ जारी छ। समर र विन्टर ओलम्पिक हुने गरेकोमा जुन-जुलाईमा हुनेलाई समर ओलम्पिकका रुपमा पनि चिनिन्छ। पेरिस ओलम्पिकमा ९ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। यसलाई पछिल्ला केही वर्षयता भएका सबैभन्दा कम खर्चिलो समर ओलम्पिक बनाउन कसरत भइरहेको छ।

images

१९९६ यता भएका सबैभन्दा महाँगो ओलम्पिक रुसको सोचीमा र सबैभन्दा महँगो २००२ अमेरिकाको  साल्ट लेक सिटीमा भएको थियो। भिजुअल क्यापिटालिस्टका अनुसार सबैभन्दा महँगो सोची विन्टर ओलम्पिक ५९ अर्ब ७० करोडल अमेरिकी डलर खर्च भएको थियो भने २००२ को सल्ट लेक सिटी विन्टर ओलम्पिकमा २ अर्ब ९० करोड डलरमात्र खर्च भएको थियो।

images

१९९६ देखि २०२० सम्मको ओलम्पिक र त्यसमा भएको खर्च :

- १९९६ मा अमेरिकाको एटलान्टामा समर ओलम्पिकमा ४ अर्ब २० करोड डलर 

- १९९८ मा जापानको नागोया विन्टर ओलम्पिकमा १७ अर्ब ९० करोड डलर 

- २००० मा अस्ट्रेलियाको सिड्नी समर ओलम्पिकमा ८ अर्ब १० करोड डलर

- २००२ मा अमेरिकाको सल्ट लेक सिट विन्टर ओलम्पिकमा २ अर्ब ९० करोड डलर

- २००४ मा ग्रिसको एथेन्स समर ओलम्पिकमा १८ अर्ब ७० करोड डलर 

- २००६ मा इटालीको टुरिन विन्टर ओलम्पिकमा ५ अर्ब ३० करोड डलर 

- २००८ मा चीनको बेइजिङ समर ओलम्पिकमा ५२ अर्ब ७० करोड डलर

- २०१० मा क्यानडाको भानकोभर विन्टर ओलम्पिकमा ८ अर्ब ९० करोड डलर 

- २०१२ मा बेलायतको लन्डन समर ओलम्पिकमा १३ अर्ब ३० करोड डलर 

- २०१४ मा रुसको सोची विन्टर ओलम्पिकमा ५९ अर्ब ७० करोड डलर 

- २०१६ मा ब्राजिलको रियो दी जेनेरियो समर ओलम्पिकमा १३ अर्ब डलर

- २०१८ मा दक्षिण कोरियाको प्योङचाङ विन्टर ओलम्पिकमा १५ अर्ब ४० करोड डलर

- २०२० मा जापानको टोकिया समर ओलम्पिकमा ३५ अर्ब डलर 

ओलम्पिक आयोजना गर्दा सबैभन्दा धेरै खर्च पूर्वाधार निर्माणमा हुँदै आएको छ। यसका साथै खेलका लागि चाहिने सामग्री र खोलाडी तथा अफिसियल्सलाई राख्ने ठाउँ र ट्रान्सपोटेसनमा खर्च हुँदै आएको छ। तुलनात्मक रुपमा समरमा हुने ओलम्पिकले भने हजारौँ पर्यटक आकर्षित गर्दै आएको छ। 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले ओलम्पिक आयोजना हुने सहरमा ४० हजार होटल रुम र १५ हजार खेलाडी तथा पदाधिकारीका लागि ओलम्पिक भिलेज बनाउनु पर्ने अनिवार्य नियम बनाएको छ। 

ठूलो लगानी गरेर अर्बौँ डलर आम्दानी भए पनि राम्रो व्यवस्थापन हुन सकेन र लफडा भयो भने त्यसले नकारात्मक सन्देश छाडेर ओलम्पिक सिजन बिदा हुन्छ। सबैभन्दा धेरै खर्च गरेर आयोजना गरिएको सोची ओलम्पिक २०१४ ले त्यस्तै सन्देश दियो।


प्रकाशित : शनिबार, साउन १२ २०८११४:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend