मंगलबार, मंसिर ११ गते २०८१    
images
images

तनहुँमा एक वर्षको अवधिमा दुई हजार रोपनीमा फलफूल बगैँचा विस्तार

images
शनिबार, साउन १२ २०८१
images
images
तनहुँमा एक वर्षको अवधिमा दुई हजार रोपनीमा फलफूल बगैँचा विस्तार

कृषि ज्ञान केन्द्रको सहयोगमा सञ्चालित फलफूल बगैँचा स्थापना तथा विस्तार कार्यक्रमबाट तीन कृषक समूह, २८ कृषि फर्म र एक सहकारीका गरी एक सय ७८ घरधुरी लाभान्वित भएका छन्।

images
images

दमौली- तनहुँमा एक वर्षको अवधिमा दुई हजार बढी रोपनी क्षेत्रफलमा फलफूल, लिची, आँप आदिको क्षेत्र विस्तार गरिएको छ। कृषि ज्ञान केन्द्रको सहयोगमा सञ्चालित फलफूल बगैँचा स्थापना तथा विस्तार कार्यक्रमबाट तीन कृषक समूह, २८ कृषि फर्म र एक सहकारीका गरी एक सय ७८ घरधुरी लाभान्वित भएका छन्।

images
images
images

यस कार्यक्रमबाट दुई हजार ३६ रोपनी क्षेत्रफलमा सुन्तला जातका फलफूल खेतीको विस्तार भएको कृषि ज्ञान केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए। यस कार्यक्रमका लागि आर्थिक वर्ष २०८०/८१ मा ४५ लाख रूपैयाँ विनियोजन गरिएकामा ३० लाख २५ हजार छ सय २९ रूपैयाँ खर्च भएको लामिछानेको भनाइ छ।

images

कृषकलाई फलफूल खेतीमा आकर्षित गराउँदै आत्मनिर्भर बनाउन फलफूल बगैँचा स्थापना तथा विस्तारका लागि सहयोग गरिएको लामिछानेले उल्लेख गरे। कार्यक्रमअन्तर्गत कृषकलाई दुई हजार एक सय १५ कागती बिजु बिरुवा, दुई हजार पाँच सय कलमी बिरुवा, पाँच सय १५ लिची, छ हजार दुई सय ४५ बिजु बिरुवा र नौ सय ८५ कलमी बिरुवा वितरण गरिएको थियो। 

images

त्यस्तै सात सय ८० निबुवाका बिजु बिरुवा, एभोकाडो दुई सय ९५, आँप एक सय ३०, मेवा चार सय ५०, मेकाडेमिया १०, कटहर १०, केरा दुई हजार आठ सय ७०, जुनार तीन सय ७०, अम्बा दुई सय ५०, सिउँडीफूल एक हजार एक सय ५० गरी १८ हजार छ सय ३५ बिरुवा वितरण गरिएको लामिछानेले बताए।

कृषक समूहमार्फत पानी तान्ने मोटर पाँच, खाडल खन्ने मेसिन तीन, मिनिटिलर पाँच, स्प्रेयर १४, हजारी चार, डिजिटल तराजु एक, निलोतुथो २५ किलो, कृषि चुन एक सय किलो, हिल ट्यांकी ६२, गोठे मल ९१ हजार पाँच सय किलो, ठेलागाडा ११, सिकेचर ४३, प्लाष्टिक पोखरी तीन खरिद गरिएको थियो। 

यसैगरी कार्यालयले फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण कार्यक्रम अन्तर्गत कृषकलाई ३८ लाख २१ हजार तीन सय ४१ रूपैयाँ वितरण गरेको छ। कार्यक्रमका लागि ५२ लाख रूपैयाँ बजेट रहे पनि ७३ दशमलव ४८ प्रतिशत मात्रै खर्च भएको लामिछानेको भनाइ छ।

यस कार्यक्रमबाट चार कृषक समूह र ५३ कृषि फार्मका गरी एक सय ५३ घरधुरी लाभान्वित भएका छन्। कार्यक्रमबाट आठ सय ३२ रोपनी क्षेत्रफलमा सुन्तला व्यवस्थापन तथा सुदृढीकरणसम्बन्धी कार्यक्रम सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

यो कार्यक्रमबाट कृषकलाई छ थान पानी तान्ने मोटर, १२ थान स्प्रिङ्कल सिँचाइ, निलोतुथो दुई सय किलो, मिनीटिलर १२, डिजिटल तराजु १२, सिकेचर ४२, प्लास्टिक पोखरी एकलगायत वितरण गरिएको थियो। रासस


प्रकाशित : शनिबार, साउन १२ २०८११३:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend