शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै नाङ्लो

images
शनिबार, साउन १२ २०८१
images
images
होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै नाङ्लो

यहाँका एउटा परिवारले मासिकरुपमा न्यूनतम एक सय ५० देखि अधिकतम तीन सय वटासम्म नाङ्लो उत्पादन गर्दै आएका छन्।

images
images

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुर्ख्यौली पेसा बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन्। अहिले होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै नाङ्लो बनेको हो।

images
images
images

हतुवागढी-६ लङ्खाका ७५, विथारा एक सय ६५, लुम्बुवा एक सय ३५ तथा हतुवागढी-५ सोया गाउँका करिब ४० परिवारले व्यावसायिक रुपमा नाङ्लो बुन्दै आएका छन्।

हतुवागढी-६ का नाङ्लो व्यवसायी राजेन्द्र राई विशेष गरेर नाङ्लो भदौ, असोज र कात्तिक महिनामा सबैभन्दा बढी उत्पादन हुने गरेको बताउँछन्। दसैँ, तिहार, छठलगायत पर्वका अवसरमा नाङ्लोको बढी माग हुने गरेको उनको भनाइ छ।

images

यहाँ उत्पादन भएको नाङ्लो बिक्रीका लागि जिल्ला बाहिर पठाउने गरिएको छ। महिनामा १८ हजारदेखि २० हजारसम्म नाङ्लो बजारमा पठाउने गरेको राईले बताए। एउटा नाङ्लो औसतमा एक सय रूपैयाँदेखि एक सय ५० रूपैयाँसम्ममा खरिद बिक्री हुने गरेको उनले जानकारी दिए।

images

'हाम्रो गाउँका अधिकांशले नाङ्लो बुन्दै आएका छन्', व्यवसायी राईले भने, 'हाम्रो आम्दानीको मुख्य स्रोत नाङ्लो हो। सबैजना मिलेर यहाँ उत्पादन भएको नाङ्लो संकलन गरेर बाहिरका बजारमा पठाउँछौँ। सरदरमा एक महिनामा १९ हजारदेखि २१ हजारसम्म नाङ्लो बजारमा पठाउने गरेका छौँ।'

मासिक २१ लाख रूपैयाँ बराबरको नाङ्लो बिक्री हुने गरेको छ। गाउँमा नाङ्लो बिक्रीबाट वार्षिकरुपमा दुई करोडदेखि दुई करोड ५० लाख रूपैयाँको हाराहारीमा रकम भित्रिने गरेको बताए। यहाँका एउटा परिवारले मासिकरुपमा न्यूनतम एक सय ५० देखि अधिकतम तीन सय वटासम्म नाङ्लो उत्पादन गर्दै आएका छन्।

चाडबाडका समयमा सबैभन्दा बढी नाङ्लोको माग हुन्छ। यहाँ बनाइएको नाङ्लो धरान विराटनगर इटहरीलगायत सहरमा बिक्री हुन्छ। चाडबाडका समयमा नाङ्लोको माग बढी हुन्छ। नाङ्लो व्यवसायी प्रकाश राई यसलाई थप व्यावसायिक बनाउन स्थानीय सरकारले ध्यान दिन आवश्यक रहेको बताउँछन्।

नाङ्लो बुनेर घर खर्च चलाउँदै आएकी पूजा राईले आफ्ना घरका सबैजनाले नाङ्लो बुन्ने गरेको बताइन्। एक महिनामा एक सय ५० नाङ्लो बुन्ने गरेको उनले बताइन्। नाङ्लो बिक्रीबाट वार्षिक दुई लाखदेखि तीन लाख रूपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ।

'नाङ्लो घरबाटै एक सय १० रूपैयाँमा बिक्री हुन्छ', उनले भनिन्, 'हामी घरका सबै सदस्य मिलेर नाङ्लो बुन्छौँ, आम्दानीको स्रोत नै यही हो। खेतबारी थोरै छ। प्रायः सबैले व्यावसायिक रुपमा नाङ्लो बुन्दै आएका छौँ।' रासस


प्रकाशित : शनिबार, साउन १२ २०८११३:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend