आइतबार, मंसिर ९ गते २०८१    
images
images

राजस्व संकलनमा जस्तै पुँजीगत खर्चमा सरकारको तदारूकता देखिएन : गोल्छा

images
सोमबार, पुस १९ २०७८
images
images
राजस्व संकलनमा जस्तै पुँजीगत खर्चमा सरकारको तदारूकता देखिएन : गोल्छा

तरलताको समस्या पेचिलो बन्दै गएको अहिलेको समयमा सरकारको पुँजीगत खर्च मात्र बढ्न सकेपनि त्यसले केही सहयोग गर्ने उनको भनाइ छ। 

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राजस्व संकलनमा तदारुकता देखाए जस्तै पुँजीगत खर्चमा सरकारले तदारूकता देखाउन नसकेको बताएका छन्। तरलताको समस्या पेचिलो बन्दै गएको अहिलेको समयमा सरकारको पुँजीगत खर्च मात्र बढ्न सकेपनि त्यसले केही सहयोग गर्ने उनको भनाइ छ। 

images
images
images

भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गर्न महासंघले आइतबार गरेको कार्यक्रममा अध्यक्ष गोल्छाले कोभिडले थलिएको अर्थतन्त्रले केही गतिलिन खोजेको वेला तरलताको अभावले समस्या उत्पन्न भएको बताए। 

images

निजी क्षेत्रलाई पनि व्यापारमुखी मात्र भएको, उत्पादनमुुखी क्षेत्रमा लाग्न नसकेको भन्ने आरोप लाग्ने गरेको भन्दै यो केही हदसम्म सत्य भएपनि निजी क्षेत्र उपयुक्त वातावरण पाएमा उत्पादनमुुखी क्षेत्रमा केन्द्रीत हुन तयार रहेको खुलाए। 

images

अध्यक्ष गोल्छाले आर्थिक गतिविधि बढ्न लागेको, आन्तरिक पर्यटन विस्तारै अगाडी बढ्ने तरखरमा रहेको वेला पुन कोभिडको अर्को भेरियन्टले विश्वलाई नै तर्साएको उल्लेख गरे। ‘यतिवेला अन्तराष्ट्रिय उडानहरु बन्द भएका, देशहरु पुनः लकडाउनतर्फ गैरहेका र त्यसको प्रभाव नेपालमा पनि पर्ने चिन्ता सर्वत्र रहेको छ’, उनले भने, ‘अर्थतन्त्र र रोजगारीमा ठूलो योगदान रहेको पर्यटन क्षेत्र ओमक्रिनको त्रासले सेटव्याक हुने खतरामा छ।’

अर्थतन्त्रको विस्तार, रोजगारी सृजना, निर्यात अभिवृद्धि गर्ने लक्ष्यका साथ महासंघले ल्याएको भिजन पेपर नेट २०३० को सफल कार्यान्वयनमा महासंघको सिँगो सञ्जालको कार्यगत एकता, सहकार्य, ओनरशीप आवश्यक रहेको बताए।   

भक्तपुर उद्योग वाणिज्य संघले महासंघका हरेक कार्यमा सहयोग गर्दै आएकोमा त्यसको प्रशंसा समेत गरे। अध्यक्ष गोल्छाले भक्तपुरको प्रमुख सामथ्र्य भनेको पर्यटन, हस्तकला, कला संस्कृतिनै रहेकाले यी क्षेत्रको विकासमा संघले नविनतम सोचका साथ काम गर्न आग्रह गरे। भक्तपुरको ऐतिहासिक महत्वलाई उजागर गर्ने र पर्यटन पूर्वाधार विकासमा संघले नेतृत्वदायी भूमिका निर्वाह गर्न सुुझाव दिँदै संघले थालेका सवै कार्यमा महासंघले सहयोग गर्ने प्रतिवद्धता पनि जनाए।  

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन काम गरेर देखाउन जरुरी रहेको बताए। सानो ठाउँमा पनि ठूलो काम गर्न सकिने उदाहरण दिँदै उपाध्यक्ष श्रेष्ठले लगभग भक्तपुर जत्रै माल्टा भन्ने देशले प्रतिवर्ष २२ लाख पर्यटक भित्र्याउने गरेको भन्दै भक्तपुरसँग पनि त्यो सम्भावना प्रवल रहेकाले यसमा केन्द्रीत हुन सुुझाव दिए।  

महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले  भक्तपुर कला, संस्कृति, मौलिकतामा सम्पन्न रहेकाले अहिलेको यूवा टीमले त्यसैको आधारमा काम गर्नुपर्ने सुुझाव दिए। संघका नवनिर्वाचित अध्यक्ष शिवप्रसाद मानन्धरले संघले महासंघसँग सदैव संस्थागत सहकार्य गर्दै आएको र आफ्नो कार्यकालमा पनि त्यो रहीरहने प्रतिवद्धता जनाए। 


प्रकाशित : सोमबार, पुस १९ २०७८१२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend