शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

तीन दशकअघि रेखांकन भएको सडकमा बल्ल कालोपत्र

images
शनिबार, साउन १२ २०८१
images
images
तीन दशकअघि रेखांकन भएको सडकमा बल्ल कालोपत्र

तीन दशक अगाडि ट्र्याक खुलेको उक्त सडकखण्डमा  पहिलो चरणमा ९८ लाख रूपैयाँ बराबरको काम भइरहेको नगरप्रमुखले जानकारी दिए।

images
images

दमौली- करिब तीन दशकअघि रेखांकन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ।

images
images

भानु-११ मानेचौका बजारदेखि आयुर्वेद चोकसम्म पहिलो चरणमा कालोपत्र गर्ने कार्य सुरु भएको हो।

images
images

तीन दशक अगाडि ट्र्याक खुलेको उक्त सडकखण्डमा  पहिलो चरणमा ९८ लाख रूपैयाँ बराबरको काम भइरहेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए। आर्थिक वर्ष २०८०/८१ मा विनियोजित उक्त बजेटबाट अहिले कालोपत्र गर्न थालिएको हो। यो सडकले तनहुँको भानुसँगै लमजुङको कुन्छालाई जोड्ने छ।

images
images
images

नगरपालिकाले सो सडकखण्डलाई नगर गौरवको आयोजनाका रुपमा सूचीकृत गरेको छ। नगरपालिका, प्रदेश र संघीय सरकारसँगको साझेदारीमा उक्त सडकको बाँकी खण्डमा पनि कालोपत्र गर्दै लैजाने प्रमुख त्रिपाठीले बताए। रासस


प्रकाशित : शनिबार, साउन १२ २०८११२:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend