शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

बाढीले पुल बगाएपछि भोटखोला सडक एक महिनादेखि अवरुद्ध, चार करोडको क्षति

images
शनिबार, साउन १२ २०८१
images
images
बाढीले पुल बगाएपछि भोटखोला सडक एक महिनादेखि अवरुद्ध, चार करोडको क्षति

मकालु गाउँपालिका-३ इकुवा खोलामा पक्की पुल बगाउँदा भोटखोला गाउँपालिका जाने सडक बन्द भएको हो।

images
images

किमाथांका- उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको भोटखोला सडक एक महिनादेखि बन्द छ। सो गाउँपालिका जोड्ने इकुवा खोलाको पक्की पुल बगाएपछि यातायात सेवा अवरुद्ध भएको हो।

images
images

गत असारको पहिलो साताको बाढीपहिरोले इकुवा खोलाको पक्की पुल बगाएको हो। मकालु गाउँपालिका-३ इकुवा खोलामा पक्की पुल बगाउँदा भोटखोला गाउँपालिका जाने सडक बन्द भएको हो।

images
images

मकालु-३ र भोटखोला-४ को बीचमा रहेको इकुवा खोलाको पुलले दुवै गाउँपालिकालाई जोडेको थियो। 

images
images
images

पुल बगाउँदा चार करोड रूपैयाँको क्षति भएको उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ।

सो क्षेत्रमा यातायात पुनः सञ्चालन गर्न समय लाग्ने देखिन्छ। उक्त पुल २०७९ सालमा निर्माण गरिएको थियो।

पक्की पुल बगाएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिका प्रभावित भएका छन्। पहिरोले उत्तर-दक्षिण राजमार्गमा पर्ने विभिन्न सडक खण्डमा क्षति पुर्‍याएको छ। रासस


प्रकाशित : शनिबार, साउन १२ २०८११२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend