बिहीबार , भदौ २७ गते २०८१    
images
images

चीनबाट ६५ अर्बको सामान आयात हुँदा निर्यात एक अर्ब ९६ करोडको मात्रै

images
शनिबार, साउन १२ २०८१
images
images
चीनबाट ६५ अर्बको सामान आयात हुँदा निर्यात एक अर्ब ९६ करोडको मात्रै

गत आवमा  सात हजार तीन सय ७७ चिनियाँ सवारीसाधन आयात भएका थिए। सोमध्ये तीन सय ४५ इन्धनबाट चल्ने र सात हजार ३२ वटा भने विद्युतीय सवारीसाधन रहेको अभिलेखकर्ता कम्प्युटर अधिकृत निर्मल कँडेलले बताए।

images
images

रसुवा- गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३ लाख रूपैयाँ बराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ।

images
images
images

आयात गरिएका सामग्रीमा इन्धन एवं विद्युतीय सवारीसाधन, तयारी कपडा, रवर, जुत्ता, चप्पल, हाते झोला, होजियारी कपडा, जुत्ता तयार गर्ने सामग्री, स्याउ, लसुन ओखरलगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले जानकारी दिए।

निर्याततर्फ भने एक अर्ब ९६ करोड १८ लाख रूपैयाँ बराबरको तामाका भाँडाकुँडा, गलैँचा, चाउचाउ, नुड्लर्स, पास्ता, जडीबुटी, आल्मोनियमका भाँडाकुँडा, पछ्यौरा, सल, दोसल्ला, बुक व्यान्डिङका कपडा, तयारी कपडासमेत एक अर्ब ९६ करोड १८ लाख रूपैयाँ बराबरका सामग्री रहेका छन्। आयात भएका सामानको परिमाण घटाइ विवरण बुझाउने व्यापारीलाई कानूनबमोजिम जरिवाना गर्ने गरिएको उनले बताए।

गत आवमा कम परिमाण देखाउने व्यापारीबाट ६१ करोड ६० लाख रूपैयाँ जरिवाना गरिएको प्रमुख भन्सार अधिकृत पाठकले जानकारी दिए। बस, कार, ट्रक, टाइसाइकल, भ्यानसमेतका सवारीसाधन आयात भएका थिए।

images

गत आवमा  सात हजार तीन सय ७७ चिनियाँ सवारीसाधन आयात भएका थिए। सोमध्ये तीन सय ४५ इन्धनबाट चल्ने र सात हजार ३२ वटा भने विद्युतीय सवारीसाधन रहेको अभिलेखकर्ता कम्प्युटर अधिकृत निर्मल कँडेलले बताए।

गत वर्ष आयात भएका सवारीसाधनको मूल्य रु १९ अर्ब ५७ करोड ४५ लाख रहेको भन्सारको तथ्यांकमा उल्लेख छ। आव २०७९/८० मा एक हजार सात सय मात्र सवारीसाधन आयात भएका थिए।

आव २०८०/८१ को भन्सार शुल्क, जरिवाना, भ्याटसमेतको २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार रूपैयाँ असुल भइ राज्यकोषमा दाखिला भएको भन्सार कार्यालयले जनाएको छ। रासस


प्रकाशित : शनिबार, साउन १२ २०८१११:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend