आइतबार, भदौ २३ गते २०८१    
images
images

सौर्यको जहाज दुर्घटनामा ज्यान गुमाएका पाँचजनाको शव आफन्तले बुझे

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ११ २०८१
images
images
सौर्यको जहाज दुर्घटनामा ज्यान गुमाएका पाँचजनाको शव आफन्तले बुझे

बाँकी मृतकका परिवारले भने बीमा तथा क्षतिपूर्तिलगायतका माग पूरा नभएसम्म शव नबुझ्ने अडान राख्दै आएका छन्।

images
images

काठमाडौं- गएको बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेमध्ये पाँच जानाको शव आफन्तले बुझेका छन्। आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट मृतकका आफन्तले शव बुझेको अस्पताल प्रशासनले जनाएको छ। 

images
images
images

विमान दुर्घटनामा ज्यान गुमाउने उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र को-पाइलट सुशान्त कटवालका परिवारले आज शव बुझेका हुन्।

बाँकी मृतकका परिवारले भने बीमा तथा क्षतिपूर्तिलगायतका माग पूरा नभएसम्म शव नबुझ्ने अडान राख्दै आएका छन्। 

विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने क्याप्टेन मनिषरत्न शाक्य घाइते भएका थिए। उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ। रासस

images


प्रकाशित : शुक्रबार, साउन ११ २०८११८:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend