शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

अवैध रूपमा भीओआईपी सञ्चालन गर्ने दुईजना पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ११ २०८१
images
images
अवैध रूपमा भीओआईपी सञ्चालन गर्ने दुईजना पक्राउ

दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) सञ्चालन गरेको अभियोगमा काठमाडौंबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

images
images

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका-५ घर भइ बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा गौरीगन्ज गाउँपालिका-४ घर भई कपन बस्ने २४ वर्षीय खुमप्रसाद गिरी रहेका छन्।
 
सरकारको कुनै पनि निकायबाट अनुमति नलिइ गैरकानुनी रूपमा भीओआईपी सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा नेपाल टेलिकम र एनसेलको प्राविधिक सहयोगमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
 
प्रहरीले वनस्थली खरिबोटस्थित भुपेन्द्रको घरबाट भीओआईपीमा प्रयोग गरिएका विभिन्न उपकरण, राउटर एक थान, आठ पोर्टको भीओआईपी गेटवे एक थान, इन्भर्टर एक थान, ब्याट्री एक थान, नेपाल टेलिकमको सीमकार्ड एक थान र एनसेलको सीमकार्ड नौ थान बरामद गरेको छ।
 
उनीहरूमाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

images
images


प्रकाशित : शुक्रबार, साउन ११ २०८११८:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend