काठमाडौं- नेपाल राष्ट्र बैंकले १० प्रतिशत भन्दा बढी दोहोरो सेयर भएका लघुवित्त तथा वित्तीय संस्थालाई गाभिन निर्देशन दिएको छ।
कुनै पनि बैंक तथा वित्तीय संस्थाले दुई भन्दा बढी लघुवित्तमा १० प्रतिशत भन्दा बढी लगानी गरेको अवस्थामा त्यस्ता लघुवित्त एकआपसमा गाभिनुपर्ने छ।
एकआपसमा गाभिनका लागि चालु आर्थिक वर्षको असारभित्र कार्ययोजना पेस गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।