शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

स्रोत परिचालन केन्द्रित मौद्रिक नीति आयो : महासंघ अध्यक्ष ढकाल

images
शुक्रबार, साउन ११ २०८१
images
images
स्रोत परिचालन केन्द्रित मौद्रिक नीति आयो : महासंघ अध्यक्ष ढकाल

मौद्रिक नीति आएलगत्तै संक्षिप्त कुराकानी गर्दै ढकालले प्रथम दृष्टिमा मौद्रिक नीति मौद्रिक स्रोत परिचालनमा केन्द्रित देखिएको बताए।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चालु वर्षको मौद्रिक नीति स्रोत साधनको परिचालन केन्द्रित भएर आएको बताएका छन्। 

images
images

मौद्रिक नीति आएलगत्तै संक्षिप्त कुराकानी गर्दै ढकालले प्रथम दृष्टिमा मौद्रिक नीति मौद्रिक स्रोत परिचालनमा केन्द्रित देखिएको बताए। 

images
images

‘अहिले सरसर्ती हेर्दा नीतिमा भएका व्यवस्थाले ऋण परिचालन, आयात  पनि बढाउनेतर्फका कुरा छन्। सेयर बजारदेखि अन्य कुरामा लिइएका नीति खुकुलो भएका छन्। यी सबैले गर्दा बजारमा गतिविधि बढाउन ऋण परिचालन बढाउन खोजेको देखिन्छ’ उनले भने। 

images
images
images

यद्यपि मौद्रिक नीतिले गरेका व्यवस्थालाई कार्यान्वयन गर्नका लागि आउने सर्कुलर कस्तो आउँछ भन्ने कुराले थप प्रष्ट पार्ने उनको भनाइ छ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेका कतिपय अमूर्त व्यवस्था कार्यान्वयनका लागि थप मार्गदर्शन पनि बनाउँछ भने एकीकृत निर्देशनमा संशोधन गर्छ। 

निर्माण व्यवसायीलाई दिइएको  सुविधा, कालोसूचीसम्बन्धी व्यवस्थामा भएको खुकुलोपन, वैदेशिक व्यापारमा पनि थप लचिलो देखिएकाले यसको उद्देश्य कर्जा बढाउन केन्द्रित देखिएको उनको भनाइ छ। 


प्रकाशित : शुक्रबार, साउन ११ २०८११४:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend