आइतबार, भदौ २३ गते २०८१    
images
images

सिरुबारीमा खसेको पहिरोले बेनी-जोमसोम सडक पुन: अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ११ २०८१
images
images
सिरुबारीमा खसेको पहिरोले बेनी-जोमसोम सडक पुन: अवरुद्ध

स्तरोन्नतिको क्रममा रहेको बेनी-जोमसोम-कोरला सडक आयोजनाका निर्माण व्यवसायी, सडक विभागका उपकरण, प्राविधिक र मजदूर पहिरो पन्छाउन परिचालन भएका छन्।

images
images

म्याग्दी- रघुगङ्गा गाउँपालिका-२ सिरुबारीमा खसेको पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध भएको छ। आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो।

images
images
images

बेनी-जोमसोम-कोरला सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडकमा खसेको ढुङ्गा फुटाउन ‘ब्रेकर’सहितको ‘डोजर’ पठाइन लागेको जानकारी दिए। 'लोडरले पहिरो र ब्रेकरले ढुङ्गा फुटाउने तयारी गरेका छौँ', आजै सडक खोल्ने लक्ष्यका साथ काम गरिने उल्लेख गर्दै उनले भने। 

स्तरोन्नतिको क्रममा रहेको बेनी-जोमसोम-कोरला सडक आयोजनाका निर्माण व्यवसायी, सडक विभागका उपकरण, प्राविधिक र मजदूर पहिरो पन्छाउन परिचालन भएका छन्। रासस


प्रकाशित : शुक्रबार, साउन ११ २०८११०:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend